आइतबार, असोज ६ गते २०८१    
images
images

छांगरु जाने अनुमतिपछि कुञ्चा सर्न थाले व्याँसका बासिन्दा

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख १६ २०७९
images
images
छांगरु जाने अनुमतिपछि कुञ्चा सर्न थाले व्याँसका बासिन्दा

अहिले उनीहरु भारतीय बाटो हुँदै गाउँ सर्न थालेका छन्। अहिले तिंकर र छाङरुवासीका घरमा ताल्चा लागेका छन्। अब उनीहरु छांगरु र तिंकरतर्फ गएपछि मात्रै गाउँका ताला खुल्ने छ।

images
images

दार्चुला- व्याँस गाउँपालिका-१ छांगरुका स्थानीयवासी कुञ्चा सर्न थालेका छन्।

images
images
images

भारतीय सरकारले छांगरु जान अनुमति दिएसँगै यहाँका स्थानीयवासी बुधबार कुञ्चा अर्थात् बसाइँ सरेका हुन्। आफ्नै गाउँ जान पनि उनीहरूलाई भारतीय सरकारको अनुमति चाहिने अवस्था छ। 

छांगरुका स्थानीयवासीले बसाइँ सुरु गरेका छन्, तिंकरका स्थानीयवासी एक-दुई दिनभित्रै सर्ने तयारीमा रहेको व्याँस गाउँपालिका-१ का वडासचिव विनोद तिंकरीले बताए। 

छांगरुपछि तिंकरको बसाइँ सुरु हुनेछ। यहाँका नागरिक छ महिना व्याँस गाउँपालिका-१ को छांगरु तिंकर तथा छ महिना सदरमुकाम खलङ्गा बसाइँ सर्ने गर्छन्। गत कात्तिक मङ्सिरमा खलङ्गा झरेका व्याँसीहरू यसपटक जेठ दोस्रो सातापछि कुञ्चा सर्न थालेका हुन्। भारतले अनुमतिपत्र जारी गर्न ढिलाइ गरेका कारण केही ढिलाइ भएको सचिव बुढाथोकीको भनाइ छ। 

images

सदरमुकाम खलङ्गामा चुनावी माहोल सुरु भए पनि छांगरु तिंकरका स्थानीयवासी बसाइँ सर्न थालेका कारण गाउँ भने सुनसान छ। जल्लाभरि नै चुनावी माहोल तातेको बेला यी दुई गाउँका नागरिक भने बसाइँसराइमा व्यस्त छन्। तिंकर र छाङरुका सौका समुदायका बासिन्दा हिउँदका छ महिना पशुचौपाया लिएर खलङ्गा आएका थिए। अहिले उनीहरु भारतीय बाटो हुँदै गाउँ सर्न थालेका छन्। अहिले तिंकर र छाङरुवासीका घरमा ताल्चा लागेका छन्। अब उनीहरु छांगरु र तिंकरतर्फ गएपछि मात्रै गाउँका ताला खुल्ने छ।

अहिले ७०० बढीको अनुमति जारी भएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले बताए। स्थानीय तह निर्वाचनका लागि व्याँस गाउँपालिका-१ मा दुई निर्वाचन केन्द्र तोकिएका छन्। निर्वाचन कार्यालय दार्चुलाका अनुसार तिंकरको मोती महिला सङ्घ आधारभूत विद्यालय केन्द्रमा २३१ र छांगरुको कैलाशवती आधारभूत विद्यालय मतदान केन्द्रमा ३७५ मतदाता छन्। छांगरु र तिंकरमा हेलिकोप्टरमार्फत मतपेटिका ढुवानी गरिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। हेलिकोप्टरमार्फत मतपेटिका ढुवानी गरिन्छ। गाउँपालिका केन्द्रमा मतगणना हुन्छ, सहायक प्रमुख जिल्ला अधिकारी साउदले भने। 

एक हजारभन्दा बढी कर्मचारी खटिए   

स्थानीय तह निर्वाचनका लागि दार्चुलामा एक हजार बढी कर्मचारी प्रत्यक्षरूपमा खटिने भएका छन्। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लाभरि एक हजार ८१ कर्मचारी खटिने भएका हुन्। नौ स्थानीय तहका ११० मतदानस्थल र १३९ मतदान केन्द्रमा कर्मचारी खटिने छन्। जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रदीपसिंह धामीका अनुसार जिल्लाभरि १३९ निर्वाचन अधिकृत, १३९ सहायक निर्वाचन अधिकृत, २४७ सहायक कर्मचारी, १३९ सहयोगी निर्वाचनमा खटिनेछन्। यस्तै सबै केन्द्रमा ४१७ स्वयंसेवक खटिने छन्। 

'निर्वाचनमा खटिने कर्मचारीको विवरण मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइएको छ, कुन क्षेत्रबाट कहाँ-कहाँ कर्मचारी खटाउने मुख्य निर्वाचन अधिकृतको अधिकार हो', जिल्ला निर्वाचन अधिकारी प्रदीपसिंह धामीले भने। यसपटक सबैभन्दा बढी मतदान केन्द्र गोरीलमाण्डौँ हिकिलामा छ। यहाँ तीनवटा मतदान केन्द्र छन्। जिल्लामा एक मतदानस्थल रहेको मतदान केन्द्र ८२, दुईभन्दा बढी मतदानस्थल रहेका मतदान केन्द्र २७ रहेका छन्। निर्वाचन कार्यालयले आवश्यक सबै प्रक्रिया पुर्‍याएको छ। अहिले दिनहुँ निर्वाचनको काम चलिरहेको उनले बताए।

दार्चुलामा निर्वाचन सामग्री गाउँ पठाउने तयारी गरिँदै

स्थानीय तह निर्वाचनका लागि दार्चुलामा निर्वाचन सामग्री गाउँ पठाउने तयारी गरिँदै छ। निर्वाचनका लागि चाहिने आवश्यक सामग्री जिल्ला आइपुगेका कारण समान जाँच गरी प्याकिङको काम भइरहेको छ। वैशाख २७ गतेभित्र सबै स्थानीय तहका मतदान केन्द्रमा आवश्यक सामग्री पुर्‍याइ सकिने जिल्ला निर्वाचन अधिकारी धामीको भनाइ छ। 

मतपेटिकासहित आवश्यक निर्वाचन सामग्री खलङङ्गा ल्याइएको छ । अहिले रुजु गरेर गाउँ पठाउन प्याकिङको काम चलिरहेको छ। जिल्लाका लागि यस पटक १०० नयाँ मतपेटिका ल्याइएको छ । यसअघि जिल्लामा ५०० बढी मतपेटिका सुरक्षित रहेको उहाँको भनाइ छ। 

जिल्ला निर्वाचन कार्यालयका अनुसार मतपेटिकासहित ५८ प्रकारका निर्वाचन सामग्री जिल्लामा ल्याइएको हो। मतपत्र र मतदाता परिचयपत्रबाहेक सबै सामग्री आइसकेको कार्यालय प्रमुख जयप्रसाद धामीको भनाइ छ। मतपेटिकासहित छेकवार, स्वस्तिक छाप, मसीदानी, मतदाता नामावलीको सूचीलगायत सामग्री छन्। रुजु गरेपछि सबै गाउँ पठाइन्छ। जिल्लाका नौ स्थानीय तहमा ११० मतदानस्थल र १३९ मतदान केन्द्र छन्। मतदाता सङ्ख्या ८८ हजार २८५ रहेको छ। रासस


प्रकाशित : शुक्रबार, वैशाख १६ २०७९०७:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend