शनिबार, वैशाख ८ गते २०८१    
images
images

कृषिगणनामा पहिलोपटक समेटियो जलवायु परिवर्तन

सातौँ राष्ट्रिय कृषिगणनामा कुकुरको संख्या निकालिने 

images
images
कृषिगणनामा पहिलोपटक समेटियो जलवायु परिवर्तन

कृषिगणनामा पहिलोपटक जलवायु परिवर्तनसम्बन्धी प्रश्नावलीहरू समेटिएका छन्। सातौँ राष्ट्रिय कृषि गणनाबाट जलवायु परिवर्तनको तथ्यांक निकाल्नका लागि प्रश्न समावेश गरिएको हो। 

images
images

काठमाडौं- सातौँ राष्ट्रिय कृषिगणना सुरु भइसकेको छ। जेठ १९ गते सम्पन्न हुने यो गणना नेपालको इतिहासमा सातौँ हो। 

images
images
images

नेपालमा पहिलो कृषिगणना २०१८ सालमा भएको थियो।  त्यसपछि प्रत्येक १० वर्षमा हुँदै आएको कृषि गणना २०७८  यही वैशाख ६ देखि जेठ १९ सम्म देशभर सञ्चालन भइरहेको छ। संघीयतामा गएपछि पहिलोपटक गणना हुन लागेको हो। 

images

यसअघि कृषि संरचना, कृषि गतिविधि तथा कृषि उत्पादनसम्बन्धी विवरण जिल्ला तहसम्म मात्र दिँदै आएकोमा यसपटक ७५३ वटै गाँउपालिका /नगरपालिका तहसम्मको तथ्यांक समेटिने भएको छ। 

images

कृषकले चलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग, बाली लागेको क्षेत्रफल र बालीको उत्पादन, मिचाइँ, पशुपक्षीको सङ्ख्या, कृषि औजारको उपयोग, कृषिकार्यमा संलग्न जनशक्ति, महिलाको नाममा भएको जग्गा, कृषि वन, कृषि ऋण, बिमा, अनुदान, कृषिकार्यमा जलवायु परिवर्तनको प्रभाव, हरित गृह पद्धतिको प्रयोग, माटो परिक्षण, पशुआहारको श्रोत, कृषि बजारसम्मको पँहुच, कृषि अवशेष वा फोहोरको व्यवस्थापन लगायत कोभिड १९ ले कृषि क्षेत्रमा पुर्‍याएको असर जस्ता विविध विषयमा तथ्याङ्क संकलन गरिने विभागले जानकारी दिएको छ। 

images
images

जनगणना जस्तो कृषिगणनामा प्रत्येक घरसम्म गणक पुग्दैनन्। यसमा छानिएका कृषक परिवारको तथ्यांक छनौट गरिन्छ। यसपटक प्रतिनिधित्व हुने गरि ३ लाख ५० हजार कृषक परिवार छानिएका छन्। 

यो गणनामा ६ हजार गणक, १५ सय सुपरीवेक्षक तथा करिव ७७ कृषिगणना अधिकृतहरू गरि करिव ७५००  जनशक्ति परिचालन हुने विभागले जानकारी दिएको छ। २०७९ को मंसिरमा यो गणनाको प्रारम्भिक प्रतिवेन सार्वजनिक हुने छ। 

पहिलोपटक जलवायु प्रश्नावली 

कृषिगणनामा पहिलोपटक जलवायु परिवर्तनसम्बन्धी प्रश्नावलीहरू समेटिएका छन्। सातौँ राष्ट्रिय कृषि गणनाबाट जलवायु परिवर्तनको तथ्यांक निकाल्नका लागि प्रश्न समावेश गरिएको हो। 

केन्द्रीय तथ्यांक विभागले सञ्चालन गरिरहेको यो गणनाबाट जलवायु परिवर्तनका कारणले किसानले भोग्नुपरेको समस्या, कृषि उत्पादनमा परेको असरका बारेमा प्रश्न सोधेर तथ्यांक निकालिने उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिए। 

यसअघिको  गणनामा यो मुद्दा चर्चा नआएको र अहिले यसको असर पनि देखिन थालेको भन्दै विभागले प्रश्न समावेश गरेको छ। 

जलवायु परिवर्तनका बारेमा जानकारी के कस्तो छ, त्यस्तो परिवर्तनले कृषि कार्यमा प्रभाव पारेको छ कि छैन, कस्तो खालको प्रभाव परेको छ भनेर प्रश्न बनाइएको छ। 

खेतीकार्य देखि उत्पादनसम्म के कस्ता समस्या परेको छ भनेर किसानसँग प्रश्न सोधिने छ। यस्ता प्रश्नबाट आएको उत्तरले नेपालको कृषि र किसानलाई जलवायु परिवर्तनले कस्तो प्रभाव पारेको छ भनेर स्पष्ट तथ्यांक आउने विभागका उपमहानिर्देशक रेग्मीको भनाइ छ। 

'कृषिसम्बन्धी थप नीति निर्माणका लागि यस्ता तथ्यांकले सहयोग गर्छन्' उनले भने। 

सातौँ राष्ट्रिय कृषि गणनामा पहिलोपटक कुकुरको पनि गणना हुने भएको छ। स्थानीय तहभित्र के कति कुकुरको संख्या छ भनेर तथ्यांक खोजिने भएको छ। प्रत्येक घरसम्म नपुग्ने भएकाले प्रति घरको तथ्यांक नआएपनि एउटा निश्चिति प्रशासनिक क्षेत्रको तथ्यांक आउने भएको छ। 

पहिलेका तुलनामा यो गणनामा कृषिमा यन्त्र उपकरणको उपयोग, जमिनमा महिलाको स्वामित्व जस्ता विषयमा थप व्याख्यात्मक प्रश्न समावेश गरिएको छ। यसबाहेक यो गणनामा नयाँ बाली पनि समावेश गरिएको छ। किवी, च्याउ लगायतका उत्पादनको तथ्यांक समावेश गर्नका लागि विभागले प्रश्नावली बनाएको छ। 

images

प्रकाशित : शुक्रबार, वैशाख १६ २०७९०६:००

प्रतिक्रिया दिनुहोस