काठमाडौं- दोस्रो बजारका दुई आकर्षक कम्पनीको सेयर मूल्य दुईवर्षयताकै सस्तो मूल्यमा आएको छ।
नबिल बैंक र नेपाल इन्स्योरेन्सको सेयर मूल्य दुईवर्ष यताकै सस्तो भएको हो। दुवै कम्पनीको सेयर मूल्य उच्च अंकले बढेर अहिले लगातार घटिरहेको छ। अहिले लगानीकर्ताका लागि दुवै कम्पनीको सेयर मूल्य खरिद गर्ने अवसर भएको छ।
नबिल बैंक
नबिल बैंकको सेयर मूल्य दुई वर्षयताकै सस्तो मूल्यमा आएको छ। बैंकको साताको अन्तिम कारोबार हुँदा ६.९० रूपैयाँले घटेर ९२८ रूपैयाँमा आएको छ।
बैंकको सेयर मूल्य यसअघि घढेर १७४० रूपैयाँसम्म पुगेको थियो भने समायोजना हुँदा ९८५ रूपैयाँमा भएको थियो। तर अहिले लगातार घटेर ९२८ रुपैयााँम आइपुगेको हो। बैंकका लगानीकर्ताले प्रतिकित्ता ८१२ रूपैयाँ गुमाएका छन्।
बैंकको चुक्ता पुँजी १८ अर्ब ३७ करोड पुगेको छ। बजार पुँजीकरण १ खर्ब ८४ अर्ब रूपैयाँ रहेको छ। बैंकको बैंगलादेश बैंक प्राप्ती गर्ने सम्झौता गरिसकेको छ।
नेपाल लाइफ इन्योरेन्स
दोस्रो बजारको ‘ब्लुचिप’ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य लगातार घटिरहेको छ। साताको अन्तिम दिन बिहीबार सेयर मूल्य घटेर ९३४ रूपैयाँमा आइपुगेको छ। बिहिबार प्रतिकित्ता ४.१० रूपैयाँले घटेर ९३४ रूपैयाँमा आएको छ।
अहिलेसम्म ५२ हप्ताअगाडि २२५९ रूपैयाँमा अधिकतम मूल्यमा सेयर कारोबार भएको थियो। तर पछिल्लो समय लगातर घटिरहेको सेयर बजारमा नेपाल लाइफको सेयर मूल्य समेत घटेको छ।
सेयर बजार १२०० अंकमा आइपुग्दासमेत नेपाल लाइफको सेयर मूल्य १००० भन्दा तल झरेको थिएन। समग्र सेयर बजार ३२०० मा पुग्दा नेपाल लाइफको सेयर मूल्य ३००० सम्म पुगेको थियो। कम्पनीका लगानीकर्ताले प्रतिकित्ता २०६६ रूपैयाँ गुमाइसकेका छन्। कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड रूपैयाँ रहेको छ। भने बजार पुँजीकरण घटेर ७६ अर्बमा आइपुगेको छ।
अघिल्लो आर्थिक वर्षकै लेखापरिक्षण प्रतिवेदनलाई आधार मानेर हे¥यो। यस वर्षमा पनि कम्पनीले एक अर्ब ४० करोड रूपैयाँभन्दा धेरै मुनाफा गर्न सक्ने देखिन्छ। यसका साथै कम्पनीको जगेडा कोषमा पनि २ अर्बभन्दा धेरै रकम देखिन जान्छ।