शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

वायुसेवा कम्पनीहरूको चेतावनी - 'एकपक्षीय स्लट निर्धारण खारेज नभए उडान नै बन्द गर्छौं'

images
बिहीबार , वैशाख १५ २०७९
images
वायुसेवा कम्पनीहरूको चेतावनी - 'एकपक्षीय स्लट निर्धारण खारेज नभए उडान नै बन्द गर्छौं'
images
images

काठमाडौं- नेपाल नागरिक उड्डयनन प्राधिकरण तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जारी गरेको स्लट एकपक्षीय भएको भन्दै त्यसअनुसार उडान नगर्ने वायुसेवा सञ्चालहरूले बताएका छन्।

images
images
images

प्राधिकरणले भने आजबाट आन्तरिक उडानमा रात्रीकालीन उडान सुरु गर्दै स्टल परिर्वतन गरेको थियो। प्राधिकरणले उपत्यका बाहिरका विमानस्थलमा रात्रीकालीन उडान गर्न सम्भव भएपनि यात्रुका लागि सहजत नभएको कारण उडान सम्भवन नहुने बताएका छन्।

images
images

संघले वैशाख ३ गते तय भएकको स्लटअनुसार उडान गर्न पाउनु पर्ने र सोहीअनुसार नभए उडान नै बन्दन गर्ने चेतावनीसहितको विज्ञप्ती सार्वजनिक गरेको छ। 

images
images

संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘विविध प्राविधिक कारणले गर्दा हाललाई रात्रि ८ बजे पछिका नियमित तर्फका उडानहरु गर्न सक्ने अवस्था नरहेको साथै उक्त विषयमा अन्य पूर्वाधार र सम्भावना सम्वन्धि विस्तृत छलफल गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण सँग समय समेत माग गरिएको अवस्थामा प्राधिकरणको वैशाख १४ गते जारी गरेको स्लटसम्बन्धि नयाँ व्यवस्था अनुरुपको तालिका संलग्न गर्न सदस्य वायुसेवा कम्पनीहरुले नसक्ने व्यहोराको जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जानकारी गराउँछौ।’

संघले जारी गरेको  विज्ञप्तीमा वैशाख ३ गते कै स्लट सम्बन्धी व्यवस्था हाललाई लागू गर्नु पर्ने उल्लेख छ।  सोही अनुसारको उडान अनुमति प्राप्त नभएमा संघका सदस्य वायुसेवा कम्पनीहरु बुद्ध एयर, यती एअरलाइन्स, श्री एयरलाईन्स, सौर्य एअरलाईन्स र गुण एयरलाईन्सका उडानहरु स्लट संसोधन नभएसम्मका लागि सम्पूर्ण उडानहरु स्थगन गरिने विज्ञप्तीमा उल्लेख छ।


प्रकाशित : बिहीबार , वैशाख १५ २०७९१०:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend