बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

सेयर बजारमा आइतबारको उछालले थामियो साताभरको अवस्था, तर देखिएन अपेक्षाकृत साथ

बिहीबार , वैशाख १५ २०७९
सेयर बजारमा आइतबारको उछालले थामियो साताभरको अवस्था, तर देखिएन अपेक्षाकृत साथ

काठमाडौं‌- बुधबार ५.१७ अंकले बढेको सेयर बजारमा सातामा कारोबारको अन्तिम दिन बिहीबार गिरावट देखिएको छ। बिहीबार १९.९७ अंकले घटेर बजार २३५६.२० बिन्दुमा झरेको छ।

बिहीबार १ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको छ। जहाँ १६३ कम्पनीको सेयर मूल्य घटेको छ भने २५ कम्पनीको सेयर मूल्य बढेको छ। ७ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गत साताको अन्तिम दिन बिहीबार ४.९० अंकले बढेर २३२५.४५ बिन्दुमा रोकिएको थियो। त्यसलाई आइतबारको कारोबारले थप साथ दिएको थियो। तर यो साता आइतबारको उछाललाई अन्य दिनको कारोबारले साथ दिन सके‍न। आइतबारकै अवस्थाले बजार थामिने स्थिति भने बनेको छ। साताभरको अवस्थामा ३०.६९ अंकको वृद्धि भएको छ। 

आइतबार नेप्से परिसूचक ९५.४६ अंकले बढेर २४२०.९१ अंकमा पुगेर राेकिएको थियो। सोमबार नेप्से परिसूचक ३४.९५ अंकले घटेर २३८६.०१ बिन्दुमा झरेको थियो। मंगलबार १५.०२ अंकले घटेर २३७०.९९ बिन्दुमा झरेको थियो। बुधबार नेप्से परिसूचक ५.१७ अंकले बढेर २३७६.१७ बिन्दुमा पुगेको थियो। 

चुनावी माहोल बढ्दै गएको अवस्थाका साथै सरकारले असार मसान्तसम्मका लागि केही वस्तु आयात रोक्ने निर्णय गरेर अर्थतन्त्र सुधारमा प्रयास गरिरहेको भए पनि त्यसको प्रभाव सेयर बजारमा देखिन सकेको छैन। वाणिज्य बैंकहरूमा चैत महिनामा ४४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने चैतमै ऋण प्रवाह २३ अर्ब रुपैयाँ मात्रै भएको थियो।

चुनावसँगै अर्थतन्त्रमा बाह्य चापसमेत कम हुँदै जाने आँकलन हुन थालेपछि बजार बढ्ने अपेक्षा गरिएको थियो। तर माहोल त्यहीअनुरुप सकारात्‍मक हुन सकेको छैन। अब चुनावी माहोल बढ्दै जाँदा बजारमा सकारात्मक प्रभावको अपेक्षा गर्न सकिने विश्लेषकहरू बताउँछन्। 

 


प्रकाशित : बिहीबार , वैशाख १५ २०७९०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend