बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

सीवाईसी लघुवित्तमा करिब ३७ हजारले पाए १० कित्ता सेयर

बिहीबार , वैशाख १५ २०७९
सीवाईसी लघुवित्तमा करिब ३७ हजारले पाए १० कित्ता सेयर

काठमाडौं- सीवाईसी लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओ बाँडफाँट गरेको छ। कम्पनीले बैशाख २ गतेबाट ६ गतेसम्म कुल ३ लाख ९५ हजार ३३६ कित्ता सेयर बिक्रीमा ल्याएको थियो।

जसमा १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोष र ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको थियो। बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता मात्रै सर्वसाधारणको लागि बाँडफाँट गरेको हो।

लघुवित्तको आईपीओ २२ लाख ५ हजार ६३३ जनाको आवेदन परेको थियो। त्यसमध्ये ३ हजार २७२ जानको आवेदन रद्द भएको बिक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटलले जनाएको छ। त्यसअनुसार २२ लाख २ हजार ३६१ जनाको योग्य आवेदन परेको थियो।

लघुवित्तले बिक्रीमा ल्याएको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिकाअनुसार योग्य आवेदनहरुलाई गोलाप्रथा माध्यमबाट सेयर बाँडफाँट भएको छ। त्यसअनुसार न्युनतम १० कित्ताको दरले सेयर वितरण गर्दा ३६ हजार ९४८ जनाले सेयर पाएका छन्। बाँकी रहेको ८ कित्ता सेयर त्यसमध्येबाट १० कित्ताभन्दा बढी आवेदन गर्नेलाई गोलाप्रथाबाट वितरण गरिएको छ।

हाल लघुवित्तको चुक्तापुँजी ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्तापसँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुग्नेछ।


प्रकाशित : बिहीबार , वैशाख १५ २०७९०५:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend