शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

आन्तरिक हवाइ यात्रामा अधिकांश टिकट अनलाइनबाटै बिक्री

images
शुक्रबार, वैशाख १६ २०७९
images
आन्तरिक हवाइ यात्रामा अधिकांश टिकट अनलाइनबाटै बिक्री

विशेषगरी काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिक्री काउन्टर खोलेर चलाइरहेका ठूला एयरलाइन्सले आजभोलि हटाउँदै आएका छन्। 

images
images

काठमाडौं- नेपालभित्रै एक ठाउँबाट अर्को ठाउँमा जहाजबाट जानका लागि काटिने लिने र त्यसका लागि गरिने भुक्तानीको ट्रेन्ड फेरिएको छ। 

images
images
images

आन्तरिक हवाइ सेवा दिने कम्पनीका अनुसार पछिल्लो तीन वर्षमा टिकट काट्ने र गर्ने भुक्तानीको माध्यममा व्यापक हेरफेर भएको छ। हवाइ सेवा दिने कम्पनीहरूका अनुसार आजभोलि यात्रुले अनलाइनबाटै टिकट लिने गरेका छन्। त्यस्तै भुक्तानी पनि डिजिटल माध्यमबाटै गरिरहेका छन्। 

images
images

९० प्रतिशत टिकट अहिले अनलाइनबाट बिक्री हुन थालेको कम्पनीहरूले जानकारी दिएका छन्। यो प्रवृत्तिले गर्दा यात्रुले सिधै एयरलाइन्सबाट टिकट पाउने गरेका छन्। परम्परागत रुपमा यसमा ट्राभल एजेन्सीहरू बीचमा हुन्थे। प्रविधिमा भएको विस्तार तथा पहुँच बढेसँगै देशभित्र एक ठाउँबाट अर्को ठाउँमा जहाजबाट जानका लागि टिकट खरिद गर्न ट्राभल एजेन्सीमा जानुपर्ने बाध्यता अन्त्य भएको छ। 

images
images

ट्राभल एजेन्सीहरूको एकाधिकार अन्त्य गर्दै एयरलाइन्स आफैले अनलाइन माध्यम खोलिदिएपछि उपभोक्ताहरू सिधै टिकट खरिद गर्न थालेका हुन्। पछिल्लो समय यात्रुले सिधै एयरलाइन्सको वेबसाइट, विभिन्न ट्राभल ओटीटी र वालेटटबाट खरिद गर्न थालेका छन्। यस्तो संख्या पछिल्लो समय निरन्तर बढिरहेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए। 

५० प्रतिशतभन्दा बढी बजार हिस्सा भएको बुद्ध एयरका ८५  प्रतिशत यात्रुले यसरी सिधै टिकट खरिद गर्ने गरेका छन्। बुद्धले आफ्नै वेबसाइट, मोबाइल एप्लिकेशन तथा वालेटहरूसँग सहकार्यमा यस्तो टिकट बिक्रीको विकल्प उपलब्ध गराएको छ। बुद्धले दैनिक ८ हजार ५ सय टिकट बिक्री वितरण गर्दै आएको छ।  

'सहज तथा पारदर्शी प्रतिस्पर्धी मूल्यका कारणले यात्रुलाई पनि सहज भएको छ। मध्यस्थतताको झन्झट नभएकाले पनि यात्रुको आकर्षण अनलाइनमा देखिएको छ' कर्णले भने। 

वालेट तथा अन्य माध्यमबाट सिधै टिकट खरिद गर्दा सबै एयरलाइन्सको भाडा एकै ठाउँमा देखिन्छ। यसबाट आफूलाई सस्तो वा महंगो हेरेर खरिद गर्न सहज हुने भएकाले आकर्षण बढिरहेको छ। संस्थागत रुपमा खरिद हुने टिकट बाहेक अधिकांश सिधै बिक्री हुन थालेका छन्। प्रविधिको पहुँचमा भएकाहरूले व्यक्तिगत टिकट किन्दा सिधै लिने गरेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए। 

यतीको टिकट बिक्रीमा अनलाइन भुक्तानी तथा सिधै खरिदको हिस्सा ७५ प्रतिशतभन्दा बढी रहेको छ। एयरलाइन्सले ट्राभल एजेन्सी तथा सिधै यात्रुलाई उही मूल्यमा टिकट उपलब्ध गराउने भएपनि यात्रुले आफै तुलना गरेर किन्न पाइने हुँदा अनलाइन माध्यममा आकर्षित भएका छन्।  

कतिपय वालेटहरूले बेला बेलामा छुट तथा अफर पनि ल्याउँछन्। यसले गर्दा केही भएपनि छुट पाइने भएकाले अनलाइन माध्यम लोकप्रिय हुँदै गएको श्री एयरलाइन्सका कर्पोरेट डाइरेक्टर अनिल मानन्धरको बुझाइ छ। श्री एयरलाइन्सको कूल बिक्रीको ७० प्रतिशत अनलाइन माध्यमबाट हुने गरेको छ। 

यसरी अनलाइन माध्यम सशक्त भएपछि यात्रुसँगै एयरलाइन्सहरुलाई पनि सजिलो हुन्छ। उनीहरुलाई यात्रुको ट्रेन्ड तत्काल थाहा हुने र त्यसबाट रणनीति बनाउन पनि रियल टाइम डेटा उपलब्ध हुन्छ। त्यस्तै यात्रुले पनि प्रतिस्पर्धी मूल्य छनौटको अधिकार पाउछन्। 

अनलाइन माध्यमबाट टिकट बिक्रि बढ्न थालेपछि ट्राभल एजेन्सीको आम्दानीको हिस्सा बढेको छ। अनलाइन माध्यम लोकप्रिय हुँदैगर्दा सुरुमा यस्ता एजेन्सीले विरोध जनाएका थिए। तर अहिलेउ उनीहरुले आन्तरिक उडानबाट हुने आम्दानीको माया मारेका छन्। 

ट्राभल एजेन्सीलाई दिने कमिसन अब यात्रुको भाडामा समायोजन हुने भएकाले यात्रा थोरै भएपनि सस्तो हुन सहयोगी बनेको छ। केही समयमा व्यक्तिगत टिकटजति सबै अनलाइनबाटै बिक्रि हुने व्यवसायीको भनाइ छ। 

अनलाइन टिकेटिङ बढ्दै जाँदा एयरलाइन्सहरूको लागत पनि घटेको छ। दैनिक सञ्चालन तथा प्रशासनिक खर्चमा केही कटौति भएको छ। एयरलाइन्सहरुले कतिपय आफ्नै बिक्री काउन्टर बन्द गराउँदै गएका छन्। 

विशेषगरी काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिक्री काउन्टर खोलेर चलाइरहेका ठूला एयरलाइन्सले आजभोलि हटाउँदै आएका छन्। 


प्रकाशित : शुक्रबार, वैशाख १६ २०७९०४:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend