सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : बिहीबार हुने उडान परीक्षण हैन, 'अपरेशन डेमोस्ट्रेसन' उडान हो- प्राधिकरण

images
बुधबार, वैशाख १४ २०७९
images
images
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : बिहीबार हुने उडान परीक्षण हैन, 'अपरेशन डेमोस्ट्रेसन' उडान हो- प्राधिकरण
images
images

काठमाडौं- नेपालको दोस्रो अन्तर्राष्ट्रिय गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भोली बिहीबार ‘अपरेशन डेमोस्ट्रेसन’ उडान हुने भएको छ।

images
images

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सको वाइडबडी ए३३० जहाजमार्फत नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा डेमोस्ट्रेसन उडान गर्न लागेको हो।

images
images

प्राधिकरण प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार बाहिर आएको जस्तो परीक्षण उडान नभइ अपरेशन ड्रेमोस्ट्रेसन उडान गर्न लागेको बताए।

images
images
images

नयाँ विमानस्थलको रनवे बैशाख ८ गतेबाट नै सञ्चालनमा आइसेको छ। अब परीक्षण उडानको आवश्यकता नपर्ने उनको भनाइ छ। तर प्राधिकरणले विमानस्थलले अपरेशन डेमोस्ट्रोसन उडान गर्न लागेको कर्णले जानकारी दिए।

साथै डेमोस्ट्रेसन उडानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले पनि जाने भएका छन्। निर्वाचन आयोगले मन्त्री आले जाने बारे स्वीकृत दिएको प्राधिकरण स्रोतको भनाइ छ।


प्रकाशित : बुधबार, वैशाख १४ २०७९१३:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend