शनिबार, मंसिर ८ गते २०८१    
images
images

निर्वाचन र पर्यटन गतिविधिले आन्तरिक उडानमा भरिभराउ यात्रु

images
बिहीबार , वैशाख १५ २०७९
images
images
निर्वाचन र पर्यटन गतिविधिले आन्तरिक उडानमा भरिभराउ यात्रु

यसबाहेक कोभिडपछि हवाई यात्रा नै बढी सुरक्षित रहेको महशुस भएका कारण पनि लामो यात्रा गर्नेले हवाई यात्रा गर्न थाल्दा यात्रुको संख्या बढेको कर्ण बताउँछन्।

images
images

काठमाडौं- पर्यटकीय सिजन र निर्वाचनका कारण आन्तरिक उडानमा उत्साह छाएको छ। आन्तरिकतर्फ सबै उडानमा ९५ प्रतिशतसम्म अकुपेन्सी पुगेको एयरलाइन्स कम्पनीहरुले जनाएका छन्।

images
images
images

आन्तरिक उडानमा अहिले बुद्ध, यती, श्री, गुण, सौर्य, तारा, सिता र समिट एयरले उडान गर्दै आएका छन्। पर्यटकीय सिजन र निर्वाचनका कारण यात्रुको संख्या बढेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्ण बताउँछन्। आन्तरिक उडानमा यात्रु बढ्नुमा आन्तरिक तथा बाह्य पर्यटकको मुभमेन्ट नै मुख्य कारण रहेको उनको भनाइ छ।

images

यसैगरी निर्वाचनका कारण पनि आन्तरिक हवाई यात्रा गर्नेको संख्या बढेको हो। उनका अनुसार यसबाहेक पनि विवाहको सिजन र कष्टकर सडक यात्राले पनि हवाई यात्रुको संख्या बढाएको हो। 

images

यसबाहेक कोभिडपछि हवाई यात्रा नै बढी सुरक्षित रहेको महशुस भएका कारण पनि लामो यात्रा गर्नेले हवाई यात्रा गर्न थाल्दा यात्रुको संख्या बढेको कर्ण बताउँछन्।

बुद्ध एयरले अहिले दैनिक ७३ वटा उडान गरिरहेको र ९५ प्रतिशत भन्दा बढी अकुपेन्सी रहेको उनको भनाइ छ। अहिले आन्तरिक उडानमा सबैभन्दा बढी गन्तव्यमा उडान गर्ने र बढी जहाज भएको एयरलाइन्स पनि बुद्ध एयर नै हो। बुद्ध एयरले मात्रै दैनिक सरदरमा ८ हजार ५ सयभन्दा बढी यात्रुलाई सेवा दिँदै आएको छ। बुद्ध एयरसँग १६ वटा जहाज छन्।

तर डिमाण्ड एण्ड सप्लाइ बढ्दा केही मात्रामा हवाई फेयरसमेत बढेको  उनको भनाइ छ। तर बुद्ध एयरले सरल र सहज दरमा हवाई टिकट उपलब्ध गराइरहेको उनको दाबी छ।

इन्धनको मूल्य र कोभिडका बेला कटौती भएका खर्च पनि विस्तारै बढ्दा हवाई फेयरमा केही परिर्वतन आएको उनको भनाइ छ। यसैगरी यती एयरका प्रवक्ता सुदर्शन बर्तौला पनि हवाई यात्रा गर्ने यात्रुको संख्या बढेको बताएँछन्। यतीको एयरको सबै उडानमा ९५ प्रतिशतसम्म अकुपेन्सी रहेको उनले बताए। 

अहिले पर्यटकीय सिजन र निर्वाचनका कारण हवाई यात्रुको संख्या बढेको हो। डिमाण्ड सफ्लाई बढ्दा र हवाई  इन्धनको मूल्य बढेका कारण पनि हवाई भाडामा केही बढेको बर्तौला पनि स्वीकार गर्छन।

योसँगै सडक यात्रा कष्टकर बन्दा पनि हवाई यात्रामा यात्रुको आकर्षण बढको उनको भनाइ छ। यसैगरी श्री एयरलाइन्सका बजार व्यवस्थापक अनिल मान्नधर पनि हवाई यात्रा गर्नेको संख्या बढेको बताउँछन्। अहिले पर्यटकीय सिजन, निर्वाचन र विवाहको सिजनका कारण पनि आन्तरिक हवाई उडानमा उत्साह देखिएको उनको भनाइ छ। 

गुण एयरका बजार व्यवस्थापक प्रज्वल थापा पनि हवाई यात्रुको संख्यामा उल्लेख वृद्धि आएको बताए। अहिले प्राय गन्तव्यको टिकट एक दिन अगाडि नै फूल बुकिङ हुने गरेको उनको भनाइ छ।

अब आन्तरिक उडान पनि दैनिक १८ घण्टा

हवाई यात्रुको संख्या र उडान बढेसँगै यात्रालाई सहज बनाउन रात्रिकालिन उडान हुने विमानस्थल १८ घण्टा नै सञ्चालन हुने भएको छ।

प्राधिकरणले १२ घण्टा सञ्चालन गर्दै आएको विमानस्थल १८ घण्टा नै सञ्चालन गर्न लागको हो। यसबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बढ्दो हवाई ट्राफिक समेत घट्ने उनको भनाइ छ।

प्राधिकरणले भद्रपुर, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपाललगञ्ज र धनगढी विमानस्थल १८ घण्टा सञ्चालन हुने भएको हो।


प्रकाशित : बिहीबार , वैशाख १५ २०७९०६:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend