मंगलबार, वैशाख २५ गते २०८१    
images
images

यी हुन् आयात प्रतिबन्ध लागेका कार

images
images
images
यी हुन् आयात प्रतिबन्ध लागेका कार

तर चैत १३ गतेसम्म एलसी खोलिएको सवारीसाधनको हकमा भने उल्लेखित सूचना लागु हुने छैन।  

images
images

काठमाडौं- डलर सञ्चितिमा गिरावट आएसँगै सरकारले वैदेशिक व्यापारमा नियन्त्रण गर्ने नीति लिएको छ। सोहीअनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सयौं वस्तुको आयातमा प्रतिबन्द लगाउने निर्णय सूचना राजपत्रमा प्रकाशित गरेको छ। 

images
images
images

बुधबार सार्वजनिक राजपत्रमा सबै प्रकारका डिजेल/पेट्रोल कार तथा  हाइब्रिड कारको आयात चालु आर्थिक वर्षको असार मसान्तसम्मका लागि प्रतिबन्ध गलाएको हो। तर विद्युती कार तथा बस र अन्य सबै प्रकारका कमर्सियल (बस, ट्रक, टिपर, हेभी इक्युपमेन्ट) का आयात भने गर्न पाइने छ। 

images

योसँगै चैत २७ गतेदेखि राकिएका सवारीसाधनको एलसी समेत खुल्नेछ। राष्ट्र बैंकले अनौपचारिक रुपमा वाणिज्य बैंकका सीईओहरुलाई बोलाएर सबै प्रकारका सवारीसाधन तथा अन्य विलाशी वस्तुको आयातका लागि एलसी खोल्न नदिन निर्देशन दिएको थियो। 

images

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लगाएको प्रतिबन्धअनुसार अब असार मसान्तसम्म ८ सय सीसीदेखि ६ हजार वा त्योभन्दा बढी इन्जिन क्षमताका पेट्रोल/डिजेल गाडीको आयात गर्न पाइने छैन। 

images
images

तर चैत १३ गतेसम्म एलसी खोलिएको सवारीसाधनको हकमा भने उल्लेखित सूचना लागु हुने छैन।  

कमर्सियल सवारी आयात राक्दा मोबिलिटीमै समस्या हुने भएकाले आयातलाई निरन्तरता दिइएको हो। त्यस्तै प्रदूषण नगर्ने विद्युतीय सवारीको आयातलाई भने प्रतिबन्ध लगाइएको छैन।   

यी हुन् आयात प्रतिबन्ध लागेका कार जिप भ्यान

८७०३२२९०- १५ सय सीसी नाघेको तर ३ हजार सीसी ननाघेका कार

८७०३२३२९- २५ सय सीसी नाघेका तर ३ हजार सीसी ननाघेका 

८७०३२४१०- ३ हजार सीसी नाघेका

८७०३२१९९- १ हजार सीसी देखि १५ सय सीसी 

८७०३२३१९- २ हजार देखि २५ सय सीसी 

८७०३२३३९- ३ हजार सीसी माथिका

८७०३२४९०- १५ सय सीसीसम्म

८७०३३२००- १५ सय सीसी नाघेको तर २५ सय सीसी ननाघेको

८७०३३२२९- २५ सय सीसीभन्दा माथि

८७०३४०९०- हाइब्रिड कार 

८७०३६०९०- प्लगइन हाइब्रिड

८७०३२४१०- ३ हजार सीसी नाघेका 

८७०३३१९०- १५ सय सीसीदेखि २५ सय सीसीसम्म

८७०३३२१९- २ हजार सीसी देखि २५ सीसीसम्म 

८७०३३३९०- हाइब्रिड

८७०३५०९०- प्लगइन हाइब्रिड

८७०३७०९०- विद्युतीय तीनपांग्रे सवारी

यता २ सय ५० सीसीभन्दा बढी क्षमताका मोटरसाइकलको आयातमा समेत रोक लगाइएको छ।

images

प्रकाशित : बुधबार, वैशाख १४ २०७९०७:१०

प्रतिक्रिया दिनुहोस