शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

तेस्रो त्रैमाससम्म आइपुग्दा लाभांश दिने क्षमतामा २७ बैंकलाई एभरेष्टले उछिन्यो? अन्य कुनको कति?

images
बिहीबार , वैशाख १५ २०७९
images
तेस्रो त्रैमाससम्म आइपुग्दा लाभांश दिने क्षमतामा २७ बैंकलाई एभरेष्टले उछिन्यो? अन्य कुनको कति?
images
images

काठामाडाैं- वाणिज्य बैंकहरुको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजानिक भइसकेको छ। बैंकहरुले अघिल्लो आर्थिक वर्ष (२०७७-२०७८)को मुनाफापछि वितरण गरेको लाभांश पनि अधिकांश नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भइसकेको छ।

images
images
images

बैंकले पुनः यस आर्थिक वर्षको नाफापछि कति बोनस दिन सक्छ भन्ने चासो लगानीकर्तालाई भइरहेको छ। बैंकमा देखिएको तरलतको समस्याले बैंकहरु ऋण दिन नसक्ने अवस्था रहेका छन्। तर पनि बैंकहरुले मनग्य आम्दानी गरेका छ। बैंकले जति कमायो त्यति धेरै लाभांश दिन सक्ने क्षमता राख्दछ।

images
images

हाल वाणिज्य बैंकहरुको तेस्रो वित्तीय विवरणसम्म आइपुग्दा सबैभन्दा अब्बल एभरेष्ट बैंक देखापरेको छ। एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ को तेस्रो त्रैमासमा १ अर्ब ५१ करोड खुद नाफा कमाएको छ। जसले बैंकको नाफासँगै बोनस दिन सक्ने क्षमता पनि बढेको छ। यही आधारमा बैंकले सेयरधनीहरुलाई २९ प्रतिशतसम्म लाभांश दिन सक्ने क्षमता राख्छ। 

images
images

बैंकले अहिले तेस्रो त्रैमासिक वित्तीय विरण सार्वजनिक हुँदा कति क्षमतासम्मको बोनस दिन सक्ने बनाएको छ त भन्ने बुझ्न सकिन्छ। बैंकको अब एउटा चौथो वित्तीय विवरण सार्वजनिक हुन बाँकी नै छ।  

नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/०७९ को तेस्रो त्रैमासमा ३ अर्ब ३५ करोड खुद नाफा आर्जन गरेको छ। बैंकले नाफाबाट र अन्य खर्चको संचितबाट अहिलेसम्म आइपुग्दा बैंकको बोनस दिन सक्ने क्षमता ११ दशमलव ७१ प्रतिशत रहेको छ। त्यस्तै ग्लोबल आईएमई बैंकको आर्थिक वर्षे तेस्रो त्रैमासमा ३ अर्ब ७२ करोड खुद नाफा आर्जन गरेको छ। बैंकको अहिलेसम्म आइपुग्दा ८ प्रतिशतले बोनस दिन सक्ने क्षमता राख्न सक्दछ। सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले १ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ।  

सिभिल बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ को तेस्रो त्रैमासान ९० करोड ४१ लाख २० लाख खुद नाफा गरेको छ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ को तेस्रो त्रैमासमा २ अर्ब ६१ करोड खुद नाफा गरेको छ। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १ अर्ब ५८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। 

हिमालयन बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ को तेस्रो त्रैमासिकमा १ अर्ब ३९ करोड खुद नाफा गरेको छ।कृषि विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ को तेस्रो त्रैमासमा १ अर्ब ९० करोड खुद नाफा गर्दा एनएमबी बैंक लिमिटेडले २ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा कमाएको छ। एनआईसी एशिया बैंक लिमिटेडले ३ अर्ब ६० करोड खुद नाफा गर्दा प्रभु बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ को तेस्रो त्रैमासमा १ अर्ब ७५ करोड खुद नाफा कमाएको छ।

त्यस्तै नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ को तेस्रो त्रैमासमा १ अर्ब ४८ करोड खुद नाफा कमाएको छ सिद्धार्थ बैंक लिमिटेडले २ अर्ब ८ करोड रुपैयाँ खुद नाफा गरेको छ।

कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ को तेस्रो त्रैमासमा १ अर्ब ८० करोड खुद नाफा कमाएको छ भने मेगा बैंक नेपाल लिमिटेडले तेस्रो त्रैमासमा २ अर्ब १ करोड खुद नाफा गरेको छ। मेघा बैंकले ५ दशमलव ९६ प्रतिशतले बोनस सेयर दिनसक्ने क्षमता राख्दछ।

बैंक लाभांश दिन सक्ने क्षमता

नबिल बैंक- ११.७१५

ग्लोबल आइएमई बैंक- ८५

सेन्चुरी कमर्सियल बैंक- ५.३६

सिभिल बैंक- ४.७०

राष्ट्रिय वाणिज्य बैंक- १६.७५

सिटिजन बैंक- ६.१० 

हिमालयन बैंक- ३.७५

इन्भेष्टमेन्ट बैंक- २.५८

सानिमा बैंक- ६.४५

कृषि विकास बैंक- ७.४७

एनसिसि बैंक- ८.७७

माछापुच्छ्रै बैंक- ८

प्रभु बैंक- ६.१३

एनआईसी एशिया बैंक- ११.९७

एनएमबी बैंक- ७.२३

मेघा बैंक- ५.९६

प्राइम कमर्सियल बैंक- ७.५८

कुमारी बैंक- ५.९२

सिद्धार्थ बैैंक ८.१३

लक्ष्मी बैंक- ५.७०

एभेरेष्ट बैंक- २९.६६

नेपाल बंगालादेश बैंक- १.७८


प्रकाशित : बिहीबार , वैशाख १५ २०७९००:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend