बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

मर्जमा जाने चर्चाले सिद्धार्थ बैंकको सेयरमा झुम्मिए लगानीकर्ता, कुनसँग होला मर्ज?

बुधबार, वैशाख १४ २०७९
मर्जमा जाने चर्चाले सिद्धार्थ बैंकको सेयरमा झुम्मिए लगानीकर्ता, कुनसँग होला मर्ज?

काठमाडौं- मर्जरमा जाने चर्चापछि सिद्धार्थ बैंकको सेयर मूल्य बढ्न थालेको छ। सोमबार समग्र सेयर बजार घट्दा पनि सिद्धर्थ बैंकको सेयर मूल्य बढेर सबैभन्दा बढी कारोबार हुने सूचिमा परेको छ। बैंकको सोमबार सेयर मूल्य २ रुपैयाँले बढेर प्रतिकित्ता ३९९ रुपैयाँमा कारोबार भएको छ। 

sidratha 1.PNG

पछिल्लो ५२ हप्तामा ६०५ रुपैयाँसम्मको उच्च कारोबार भएको सिद्धार्थ बैंकको सेयर न्युनतम ३८५ रुपैयाँसम्म आइपुगेको छ। बैंकको मंगलबार सबैभन्दा धेरै ४ करोड २१ लाख रुपैयाँको कारोबार भएको छ भने १ लाख ६ हजार कित्ता सेयर कारोबार भएको हो।

बैंकको चुक्तापुँजी १२ अर्ब ५२ करोड रुपैयाँ रहेको छ। यता बजार पुँजीकरण ४९ अर्ब ९७ करोड रुपैयाँ रहेको छ।  

नेपाल राष्ट्र बैंकको मर्जर नीतिसँगै सिद्धार्थले पनि मर्जको लागि उपयुक्त पार्टनर खोजेको छ। जसमा माछापुछ्रे, सनराइज र कुमारी बैंकसँग मर्जको अनौपचरिक छलफल भइरहेको छ। कुन बैंकसँग स्वाप रेसियोदेखि सम्पति मूल्यांकन र कर्मचारी व्यवस्थापन मिल्छ त्यही बैंकसँग मर्जरमा जानेगरी तयारी सिद्धार्थ बैंक व्यवस्थापनको रहेको छ। 


प्रकाशित : बुधबार, वैशाख १४ २०७९०३:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend