बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

ऋण प्रवाह ठप्प हुँदा समेत बढेन निक्षेप, एकसातामै १० अर्बले घट्यो

मंगलबार, वैशाख १३ २०७९
ऋण प्रवाह ठप्प हुँदा समेत बढेन निक्षेप, एकसातामै १० अर्बले घट्यो

काठमाडौं-वाणिज्य बैंकहरुमा एकसातामै १० अर्ब निक्षेप घटेको छ। गत बैशाख २ गते देखि बैशाख ९ गतेसम्मको तथ्यांकमा १० अर्ब निक्षेप घटेको हो। नेपाल बैंकर्स संघले दिएको तथ्यांक अनुसार बैशाख २ गते सम्म कुल निक्षेप ४३ खर्ब ७७ अर्ब पुगेकोमा बैशाख ९ सम्म आइपुग्दा घटेर ४३ खर्ब ६७ अर्बमा झरेको छ। 

यता ऋण प्रवाह भने शून्यमा झरेको छ। तर ऋण उठ्ने क्रम भने बढेको छ।  गत बैशाख २ गतेसम्म ऋण प्रवाह ४१ खर्ब ९५ अर्ब रहेकोमा गत बैशाख ९ गतेसम्म आइपुग्दा ४१ खर्ब ९४ अर्ब रुपैयाँमा झरेको छ।

सरकारले आयातमा कडाई गरेसँगै ऋण प्रवाह ठप्प हुँदा बैंकहरुमा निक्षेप बढ्न थालेको थियो। सरकारले महँगा वस्तुको एलसी खोल्न कडाइ गरेसँगै बैंकहरुमा निक्षेप बढेको थियो। वाणिज्य बैंकहरुमा चैत महिनामा ४४ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो। भने चैतमै ऋण प्रवाह २३ अर्ब रुपैयाँ मात्रै भएको थियो। बढेको निक्षेप पुनः घट्न थालेको हो। गत फागुन ३० गतेसम्म ४३ खर्ब ३३ अर्ब रुपैयाँ रहेकोमा बैशाख १ गतेसम्म ४३ खर्ब ७७ अर्ब पुगेको थियो। यता ऋण  प्रवाह भने गत फागुनसम्म ४१ खर्ब ७२ अर्ब रहेकोमा बैशाख १ गतेसम्म ४१ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको थियो।

शोधनान्तरण घाटा बढ्दै गएको र विदेशी मुद्राको सञ्चिति डरालाग्दो गरि घट्दै गएसँगै राष्ट्र बैंकले वाणिज्य बैंकका सीईओहरुलाई तत्काल एलसी रोक्न निर्देशन दिएको थिए। आयात रोक्ने निर्णय सरकारले गर्नुपर्ने तर बाह्य क्षेत्रको सन्तुलनको काम राष्ट्र बैंकको भएको भन्दै उनीहरुले सरकारले निर्णय नगर्दासम्म मौखिक निर्देशनकै भरमा आयातका लागि एलसी नखोल्न निर्देशन दिएका थिए। 


प्रकाशित : मंगलबार, वैशाख १३ २०७९१०:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend