बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

लगानीकर्ताको मनोबल घट्दा सेयर बजारको अंकसँगै कारोबारसमेत सुस्तायो, टेको कति बिन्दुमा लाग्ला?

मंगलबार, वैशाख १३ २०७९
लगानीकर्ताको मनोबल घट्दा सेयर बजारको अंकसँगै कारोबारसमेत सुस्तायो, टेको कति बिन्दुमा लाग्ला?

मंगलबार ३४ लाख १९ हजार कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४ करोड रुपैयाँको मात्रै कारोबार भएको हो। 

काठमाडौं- सेयर बजार मंगलबार पनि बढ्न सकेन। साताको दोस्रो दिन सोमबार घटेको बजार तेस्रो दिन मंगलरबार पनि दोहोरो अंकले गिरावट आएको छ। लगानीकर्ताको मनोवल बढ्न नसक्दा सेयर बजार मंगलबार पनि घटेको हो। लगातार घटेको सेयर बजारमा साताको पहिलो दिन आइतबार भने ९५.४६ अंकले बजार बढेको थियो। 

मंगलबार १५.०२ अंकले घटेर २३७०.९९ बिन्दुमा झरेको छ। मंगलबार ३४ लाख १९ हजार कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४ करोड रुपैयाँको मात्रै कारोबार भएको हो। 

सोमबार नेप्से परिसूचक ३४.९५ अंकले घटेर २३८६.०१ बिन्दुमा रोकिएको थियो। सोमबार ५० लाख ४७ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४ करोड रुपैयाँको कारोबार भएको थियो। आइतबार नेप्से परिसूचक ९५.४६ अंकले बढेर २४२०.९१ अंकमा पुगेर रोकिएको थियो। ६६ लाख ३९ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको थियो।

सेयर बजार बढ्न थालेसँगै २३२५.४५ अंकमा टेको लिएर बजार बढ्ने संकेत देखिएको थियो। आइतबार एकदर्जन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको थियो। तर सोमबार र मंगलबार पुनः घटेपछि बजारमा टेको नलाग्ने देखिएको छ। अझै तल झर्ने अनुमानमा सेयर लगानीकर्ताहरु सेयर खरिद गर्ने मुडमा पुगेका छैनन्। जसका कारण सेयर बजार लगातार घटिरहेको छ। 

सरकारले आयातमा कडाइ गरेसँगै ऋण प्रवाह ठप्प हुँदा बैंकहरुमा निक्षेप बढेकाले पनि सेयर बजारमा सकारात्मक प्रभाव देखिने अनुमान गरिएको थियो। सरकारले महँगा वस्तुको एलसी खोल्न कडाइ गरेसँगै बैंकहरुमा निक्षेप बढेको हो। वाणिज्य बैंकहरुमा चैत महिनामा ४४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने चैतमै ऋण प्रवाह २३ अर्ब रुपैयाँ मात्रै भएको थियो

स्थानीय चुनावले वित्तीय प्रणालीमा तरलता बढाउने विश्वासको साथै नेपाली अर्थतन्त्रमा सार्वजनिक ऋण जोखिम न्यून रहेको आशयको विश्व बैंकको विज्ञप्ति सहितका विषयले पनि सेयर बजार बढ्ने अनुमान गरिएको थियो। यता ब्रोकरमार्फत प्रवाह हुने मार्जिन लोनलाई धितोपत्र बोर्डले सहज बनाउने तयारीले समेत सेयर बजार सकारात्मक हुने संकेत देखिनेमा लगानीकर्ता आशावादी थिए।


प्रकाशित : मंगलबार, वैशाख १३ २०७९०९:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend