शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

राष्ट्र बैंककाे नयाँ नीतिले कुन बैंकको कुनसँग होला बिग मर्जर?

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख १३ २०७९
images
राष्ट्र बैंककाे नयाँ नीतिले कुन बैंकको कुनसँग होला बिग मर्जर?
images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाहरुमा पुनः बिग मर्जरको नीति लिने संकेत गरेसँगै कुन कुन वाणिज्य बैंकहरु फोर्स मर्जरमा जान्छन भन्ने विषयमा चासो बढेको छ।

images
images
images

राष्ट्र बैंकको इकोनोमिक रिसर्च डिपार्टमेन्टले गरेको अध्ययनमा नेपालमा वाणिज्य बैंकहरु धेरै भएकाले मर्जरको नीति मार्फत घटाउने र बलिया बैंक बनानुपर्ने निष्कर्ष निकालेसँगै बैकहरु मर्जरमा अनिवार्यरुपमा जाने छन्। अध्ययन निष्कर्षसँगै राष्ट्र बैंकले अब लिने नीतिमा मर्जका लागि बैंकहरुलाई थप दबाब बढाउने देखिएको छ।

images
images

अध्ययनअनुसार नेपालमा ११ देखि १५ वटा वाणिज्य बैंक उपयुक्त हुने निष्कर्ष निकालेको छ।  हाल नेपालमा २७ वटा वाणिज्य बैंकहरु छन्। तत्कालिन गभर्नर चिरञ्जिवी नेपालले चुक्तापुँजी ८ अर्ब पुर्‍याएसँगै वणिज्य बैंकहरु मर्जरमा गएका थिए। अझ दर्जनौ बैंकहरु मर्जको तयारीमा रहेका छन्। अन्य फाइनान्स र विकास बैंकहरु समेत मर्जरमा गएका थिए।

images
images

कुन कुन होला मर्ज ? 

पछिल्लो समय मर्जरको सम्भवना बोकेका बैंक तथा वित्तीय  संस्थााहरु धेरै रहेका छन्। तर बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा जानका लागि आफ्नो दाबीका कारण जान सकिरहेका छैनन्।

विभिन्न बैंक तथा वित्तीय संसथाहरु मर्जरको पाइपलाइनमा रहेका छन्। प्रारम्भिक रुपमा सम्झौता गरेका केही बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट स्वीकृति पाइसकेका छन् भने केहीले पाउन बाँकी रहेको छ। 

२०७८ सालमै बिग मर्जरमा समस्या आएको छ भने सम्भावना टरिसकेको पनि छैन। हिमालयन बैंक लिमिटेड र नेपाल इन्भेस्टमेन्ट बैंकबीचको मर्जर प्रक्रिया असफल भए पनि दोस्रो चरणबाट मर्जरमा जाने सम्भवना टरिसकेको छैन।

त्यस्तै नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक (एनबी) गाभ्न सैद्धान्तिक सहमति प्रदान गरि गाभिने प्रक्रियामा रहेको छ। मेगा बैंक लिमिटेड अर्को एक वाणिज्य बैंकलाई गाभेर बलियो बन्ने तयारीमा जुटेको छ।

मेगा बैंक लिमिटेले कुमारी बैंक लिमिटेडलाई मर्ज गरेर ठूलो वित्तीय संस्था बन्ने तयारीमा जुटेका छ। यसका लागि सैद्धान्तिक छलफल चलिरहेको छ भने केही प्रक्रिया अघि बढी सकेको छ।

त्यसैगरी सेन्चुरी बैंक र सिभिल बैंकबीच पनि मर्जरमा जाने अन्तिम तयारी रहेको स्रोतको दाबी छ। यसै वर्षभित्र एनसीसी बैंक र  बैंक अफ काठमाडौं पनि मर्जमा जाने तयारी अवस्था रहेको देखिएका छन्। 

प्रभु बैंक र सेञ्चुरीको पनि मर्जका लागि तीव्र छलफल भइरहेको छ। यता सिभिल बैंकहरुले पनि उपयुक्त जोडि खोजिरहेको छ।


प्रकाशित : मंगलबार, वैशाख १३ २०७९०३:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend