शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

हवाई उड्डयन सुरक्षामा नेपालको कुन क्षेत्रमा कति स्कोर?

images
सोमबार, वैशाख १२ २०७९
images
हवाई उड्डयन सुरक्षामा नेपालको कुन क्षेत्रमा कति स्कोर?

यसअघि यस्तो स्कोर ६६.०२ प्रतिशत थियो। अहिले बढेर ७०.१ प्रतिशत पुगेको हो।

images
images

काठमाडौं- नेपालको नागरिक उड्डयनको सुरक्षामा प्रगति भएको छ। आईकाओ (अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन) ले  हालै गरेको सेफ्टि अडिटबाट नेपालको सुरक्षा अझै मजबुत भएको देखिएको हो।

images
images
images

हवाइ सुरक्षा प्रत्याभुति गर्ने विभिन्न सुझाव कार्यान्वयनको अवस्थालाई मूल्यांकन गर्दै आईकाओको अडिटले नेपालको सुरक्षा स्कोर बढाएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालको स्कोर ७०.१ प्रतिशत पुगेको छ। योसँगै नेपाली आकाश सुरक्षित रहेको सन्देश प्रभाव भएको छ।

images
images

‘नेपालको आकाश मजबुत भएको छ,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भने, ‘अब नेपालको आकाश माथि कसैले शंका गरिरहुन पर्ने छैनन्।’

images
images

नेपालको हवाई उड्डयन क्षेत्रको ८ वटा क्षेत्रको सुपरिवेक्षण भएको थियो। आईकाओले गरेको सुपरिवेक्षणमा विगतमा ६६.६७ रहेकोमा अहिले ७०.१ पुगेको छ।

कुन क्षेत्रमा कति स्कोर

एलईजी (कानूनीपाटो)मा विगतमा ९८.४८ रहेको अहिले ७६.१९ अंक पाएको छ। यसैगरी ओरजी (संस्थागत)मा ५० प्रतिशतमा रहेकोमा ४५.४५ प्रतिशत अंक पाएको छ।

यसैगरी पीईएल (लाइसेस्स)६८.९२ प्रतिशत रहेको अहिले बढेर ७५ प्रतिशत पुगेको हो। साथै ओपीएस(फ्लाई अपरेशन)मा ८६.१७ प्रतिशत रहेकोमा ८५.४७ प्रतिशत अहिले रहेको छ।

एयरवर्दिनेसमा विगतमा ९३.२६ रहेकोमा अहिले ८३.६५ प्रतिशतमा झरेको छ। यसैगरी दुर्घटना जाँचबुझतर्फ १५.४९ प्रतिशत रहेको अहिले बढेर २१.६९ प्रतिशत पुगेको छ। साथै एयर नेभिगेसनमा ५१.८९ प्रतिशत रहेकोमा अहिले बढेर ७६.८६ प्रतिशत पुगेको छ। यसैगरी एरोड्रमीमा ६७.५९ प्रतिशत रहेकोमा ६७.७४ प्रतिशत पुगेको हो।

यसको अर्थ सम्रगमा नेपालको हवाई सुरक्षाको स्कोर बढेको छ। यसअघि यस्तो स्कोर ६६.०२ प्रतिशत थियो। अहिले बढेर ७०.१ प्रतिशत पुगेको हो।

नेपालको यो स्कोर विश्वव्यापी औषतभन्दा माथि पुगेको। सुरक्षाका सन्दर्भमा यस्तो स्कोर आएपनि युरोपियन युनियनले भने नेपालको उड्डयनलाई अझै कालोसूचीबाट हटाएको छैन। 

आइकाओको सूचीमा माथि उक्लिए पनि नेपालका जहाजलाई युरोपको आकासमा प्रतिबन्ध भने हटेको छैन। २०७० मंसिरदेखि युरोपियन युनियनले नेपाली जहाजलाई युरोपको आकासमा प्रतिवन्ध लगाएको छ।

यहाँको हवाई सुरक्षा संवेदनशील रहेको जनाउँदै युनियनले प्रतिबन्ध लगाएको थियो। पछिल्लो समय नेपालले सुरक्षामा सुधार गर्दै आएपनि इयूले भने खासै चासो नदिएको प्राधिकरणका अधिकारीहरूले बताउँदै आएका छन्।


प्रकाशित : सोमबार, वैशाख १२ २०७९१४:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend