बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

उच्च मूल्यबाट प्रतिकित्ता ३६२ रुपैयाँले घटेको अपिको सेयर मूल्य अब बढ्ला कि घट्ला?

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख १३ २०७९
उच्च मूल्यबाट प्रतिकित्ता ३६२ रुपैयाँले घटेको अपिको सेयर मूल्य अब बढ्ला कि घट्ला?

काठमाडौं- हकप्रद बाट सेयर मूल्य उच्च अंक पुगेको अपि पावरको अहिले सस्तोमै आएको छ। कुनै समय ६७० रुपैयाँसम्म पुगेको सेयर मूल्य अहिले घटेर ३०८.९० रुपैयाँसम्म आइपुगेको छ। जुन मूल्य उच्चबाट ३६२ रुपैयाँले घटिसकेको छ। 

धितोपत्र बोर्डले अपि पावर कम्पनीलाई हकप्रदको अनुमति दिएसँगै सेयर मूल्य पनि रेकर्ड भएको थियो। अहिले पनि हकप्रदको लागि आवेदन माग गरेको छ। अपि पछिल्लो समय सेयर कारोबार धेरै हुने सूचीमा पर्दै आएको छ।

कम्पनीले लगातार हकप्रदसँगै नयाँ कम्पनीमा समेत लगानी गरिरहेकाले नाफा वृद्धि गर्ने र लाभांश बढाउँदै लैजाने अनुमान गरिएको छ। जसका कारण पनि सेयर मूल्य बढ्ने अनुमान गरिएको छ।

api 111.PNG

गत वर्षको नाफाबाट ११.०५ प्रतिशत लााभांश घोषणा गरेको कम्पनीले १०.५ प्रतिशत बोनस सेयर र ०.५५ प्रतिशत नगदर लाभांश दिएको थियो।

यो लाभांश कम्पनीले हालसम्मकै धेरै वितरण गरेको थियो।  समग्र नेप्से परिसूचक घटेपनि बिहीबार पनि अपि पावरको सर्वाधिक कारोबार भएको थियो। अपिको सोमबार ५ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। अपिको १ लाख ८१ हजार कित्ता कारोबार भएको हो। कम्पनीको पछिल्लो सातादेखि उच्च कारोबारको सूचीमा पर्दै आएको छ।  

कम्पनीको ५२ हप्तामा अधिकतम ६७० रुपैयाँसम्म पुगेको सेयर मूल्य न्यूनतम २८० रुपैयाँमा कारोबार भएको थियो। कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८४ करोड रुपैयाँ रहेको छ। बजार पुँजीकरण ८९ अर्ब ७३ करोड रुपैयाँ रहेको छ।


प्रकाशित : मंगलबार, वैशाख १३ २०७९००:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend