आइतबार, असोज ६ गते २०८१    
images
images

छपियो ८० प्रतिशत मतपत्र

images
सोमबार, वैशाख १२ २०७९
images
images
छपियो ८० प्रतिशत मतपत्र

काठमाडौंसहित छ वटा महानगरपालिकाका लागि आवश्यक पर्ने मतपत्र मनोनयन दर्ता कार्य सकिएपछि छपाइ गरिनेछ। ती तहका मतपत्रमा पनि पुरानै डिजाइनअनुसार हुनेछ।

images
images

काठमाडाैं- निर्वाचन आयोगले यही बैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन-२०७९ का लागि हालसम्म ८० प्रतिशत मतपत्र छपाइ सकिएको छ। हालसम्म ६३ जिल्लाका लागि एक करोड ५४ लाख ८३ हजार मतपत्रको छपाइ कार्य सकिएको आयोगले जनाएको छ।

images
images
images

बाँकी जिल्लाको मतपत्र छाप्नेक्रम जारी रहेको छ। निर्वाचनका लागि एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरिएको छ। काठमाडौंसहित छ वटा महानगरपालिकाका लागि आवश्यक पर्ने मतपत्र मनोनयन दर्ता कार्य सकिएपछि छपाइ गरिनेछ। ती तहका मतपत्रमा पनि पुरानै डिजाइनअनुसार हुनेछ।

उम्मेदवारले निर्वाचन प्रचार गर्ने अवधिभन्दा १५ दिनअघि मतपत्र पुगिसक्नुपर्ने व्यवस्था, मुद्रण क्षमता र मुलुकको दूरदराजका पालिकामा सुरक्षितरुपमा ढुवाली गर्नुपर्ने भएकाले मनोनयन दर्ता सकिएपछि मतपत्र छपाइ गर्न सम्भव नहुने भएकाले आयोगले मनोनयन दर्ता अघि नै मतपत्र छपाइ कार्य गरेको हो। विभिन्न राजनीतिक दलका तर्फबाट आफूहरू गठबन्धनमा उम्मेदवारी दिने भएकाले उम्मेदवारी दिइएपछि उम्मेदवारीको सङ्ख्या र निर्वाचन चिह्नका आधारमा मतपत्र छाप्न गरिएको आग्रहमा आयोगले असमर्थता जनाएको छ।

निर्वाचन सामग्री जिल्ला जिल्लामा

images

निर्वाचन आयोगले जिल्लामा निर्वाचन सामग्री पठाउनेक्रम भने पूरा गरेको छ। आज दिउँसोसम्म पाल्पा र पर्वत गरी ७६ जिल्लामा सामग्री पठाइएको छ भने बाँकी रहेको अर्घाखाँची जिल्लाको सामग्री आजै पठाइने छ। सामग्री पठाइएपछि बैशाख १३ गतेदेखि मतपत्र ढुवानी सुरु गर्ने तयारी गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। 

आयोगले यही बैशाख ८ गतेदेखि निर्वाचन सामग्री लोड गरेर पठाउन थालेको हो। उपसचिव कृष्णप्रसाद सापकोटाका अनुसार १० गतेसम्म पठाइएका सामग्री सम्बन्धित स्थानमा प्राप्त भएको जानकारी आएको छ भने ११ गते पठाइएका कतिपय ट्रकहरु पुग्ने क्रममा छन्। 

आयोगले कम मतदाता भएका र भौगोलिकरुपमा साना मानिने जिल्लामा एक र ठूला जिल्लामा दुईदुई ट्रकमा सामान पठाएको छ। कान्तिपथस्थित आयोगबाट लगबुक भराएर छुट्ने ती हरेक ट्रकमा सामानको सूचीसहित आयोगका कर्मचारीसमेत सवार हुन्छन्।

उनीहरूलाई मोबाइल-ट्रयाक गरी कुन ट्रक कतिबेला कहाँ पुग्यो वा बाटामा कुनै समस्या भए नभएको प्रविधिबाट सूचित हुने प्रबन्ध गरिएको छ। ती सामानलाई आवश्यकताअनुसार सुरक्षा गस्ती पनि दिइएको हुन्छ र सम्बन्धित पालिकामा निर्वाचन अधिकृतले बुझेको विवरण आयोगलाई दिनुपर्छ।

आयोगले गत चैत ४ मा स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार २०७९ साल बैशाख ११ र १२ गते दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्धारण गरिएकोमा सो कार्य आज ५ बजेसम्म सम्पन्न हुँदैछ। बैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, बैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, बैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा बैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ। यी सबै कार्यक्रम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुनेछन्।

२० हजार बढी निर्वाचन पर्यवेक्षक हुने

निर्वाचन पर्यवेक्षणका लागि कुल ६८ वटा संस्थाले आयोगबाट अनुमति लिइसकेका छन्। ती संस्थाबाट करिब २० हजारभन्दा बढी पर्यवेक्षक खटिने गरी आयोगमा प्रस्ताव प्राप्त भएको छ। सो उपर आवश्यक जाँच गरी आयोगले पर्यवेक्षकहरुलाई पर्यवेक्षण गरिने मतदानस्थलसमेत तोकी परिचयपत्र जारी गर्नेछ। पर्यवेक्षण अनुमति प्राप्त संघसंस्थाका प्रतिनिधिहरुका लागि आयोगले बैशाख १४ गते अभिमुखीकरण कार्यक्रम गर्दैछ।

निर्वाचनासँग सम्बन्धित सूचनाहरु आमसञ्चार माध्यम एवं आमसरोकारका लागि सहज पहुँचसहित सम्प्रेषण गर्ने उद्देश्यले आयोगका प्रवक्ता र सहप्रवक्ताका अतिरिक्त सहसचिव तुलसीबहादुर श्रेष्ठ र सहन्यायाधिवक्ता गुरु वाग्लेलाई तोकिएको छ। रासस


प्रकाशित : सोमबार, वैशाख १२ २०७९१३:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend