काठमाडौं- भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यवसायिक उडान जेठ २ गते हुने भएको छ। प्रधानमन्त्री शेरबहादुुर देउवाले जेठ २ गते विमानस्थलको उद्घाटन गर्ने तय भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पनि बैशाख १५ गतेबाट सबै रात्रिकालीन उडान हुने भएको छ। विमानस्थल १८ घण्टा सञ्चालन हुने समेत प्राधिकरणले जनाएको छ।