बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

समग्र नेप्से घट्दा जाल्पामा मात्रै पोजेटिभ सर्किट, सेयर मूल्य कमिसम्म पुग्ला?

सोमबार, वैशाख १२ २०७९
समग्र नेप्से घट्दा जाल्पामा मात्रै पोजेटिभ सर्किट, सेयर मूल्य कमिसम्म पुग्ला?

काठमाडौं- कारोबार सुरु भएको केही दिन नबढे पनि पछिल्लो समय जाल्पा सामुदायिक लघुवित्त वित्तको सेयर मूल्यमा सर्किट लागि रहेको छ। सोमबार समग्र नेप्से ३४.९५ अंकले घटेको भएपनि एक मात्र कम्पनी जाल्पाको सेयर मूल्यमा भने १० प्रतिशतले बढेको हो।

सोमबार कम्पनीको सेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। संस्थाको सेयर फागुन २७ गते दोस्रो बजारमा सूचीकृत भएको थियो। सूचीकृत भएसँगै कम्पनीको सेयर मूल्यमा उछाल आइरहेको छ। सोमबार कम्पनीको प्रतिकित्ता ७८ रुपैयाँले बढेर ८५८.६० रुपैयाँमा अन्तिम कारोबार भएको छ। 

स्वीकृत विवरणपत्रअनुसार सर्वसाधारणलाई निष्काशन गरिएको सेयरका लागि यस संस्थालाइ ईक्रा नेपाल लिमिटेडले इक्रा आइआर डबल बी रेटिङ प्रदान गरेको थियो। जसले कम्पनीको वित्तीय अवस्था मध्यम जोखिम रहेको जनाउँछ।

कम्पनीको प्रतिसेयर नेटवर्थ, प्रतिसेयर आम्दानी र संचित नाफा र नोक्सान सम्बन्धी विवरणमा यस लघुवित्त वित्तीय संस्थाको अधिकृत पुँजी २५ करोड रुपैयाँ रहेको छ। यस लघुवित्त वित्तीय संस्थाको जारी पुँजी १६ करोड रुपैयाँ रहेको छ।

यस लघुवित्त वित्तीय संस्थाको संस्थापकहरुबाट तत्काल चुक्तापुँजी १० करोड ७८ लाख रुपैयाँ रहेको छ। स्वीकृत विवरणपत्र मार्फत सर्वसाधारणलाई ५ करोड बाइस लाख रकम बराबरको सेयरको निष्काषन पश्चात लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी १६ करोड भएको छ।


प्रकाशित : सोमबार, वैशाख १२ २०७९१०:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend