काठमाडौं- नेप्से परिसूचक १३.८३ अंकले बढेको छ। सोमबार ११४ अंकले घटेको सेयर बजार मंगलबार भने उतारचढावका बीच दोहोरो अंकले बढेको हो।
मंगलबार ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६ सय २५ रुपैयाँ बराबरको कारोबार हुँदा २ हजार ७ सय १२.०७ अंकमा उक्लिएको हो। मंगलबार १ करोड ५३ लाख ६ हजार ६१ कित्ता मात्रै कारोबार भएको छ।
मंगलबार ट्रेडिङ तथा फाइन्नान्स तर्फको सेयर घटेपनि बैंक, हाइड्रो,विकास बैंक, होटल, इन्सुरेन्स लगायत समूहको सेयर भने अधिकांस बढेको छ। सबैभन्दा बढी भने मनकामना स्मार्ट लघुवित्तको सेयर बढेको छ। सबैभन्दा बढी गुमाउनेमा एभरेष्ट इन्स्योरेन्स कम्पनी रहेको छ।