बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

आइतबार उच्च अंकले बढेपछि सोमबार दिनभरी उतारचढाव, चुनाव अगाडि सेयर बजार बढ्न सक्ने तीन आधार

सोमबार, वैशाख १२ २०७९
आइतबार उच्च अंकले बढेपछि सोमबार दिनभरी उतारचढाव,  चुनाव अगाडि सेयर बजार बढ्न सक्ने तीन आधार

यसले निर्वाचन केन्द्रित अर्थतन्त्रले पनि सेयर बजारलाई सकारात्मक बनाउने आशा गरिएको छ। 

काठमाडौं- लगातार घटेको सेयर बजारमा साताको पहिलो दिन आइतबार ९५.४६ अंकले बढेको बजार सोमबार भने घटेको छ। सोमबार कारोबार समयअवधी भर सेयर बजारमा उतारचढाव देखिएको छ। प्रिओपनिङमा बढेको सेयर बजार कहिले ठूलो अंकले घट्ने र पुनः फर्किएर थामिने भइरहेको थियो। 

आइतबार नेप्से परिसूचक ९५.४६ अंकले बढेर २४२०.९१ अंकमा पुगेर रोकिएको थियो। ६६ लाख ३९ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको थियो। सेयर बजार बढ्न थालेसँगै २३२५.४५ अंकमा टेको लिएर बजार बढ्ने संकेत देखिएको थियो। आइतबार एकदर्जन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको थियो।

सोमबार नेप्से परिसूचक ३४.९५ अंकले घटेर २३८६.०१ बिन्दुमा रोकिएको छ। सोमबार ५० लाख ४७ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४ करोड रुपैयाँको कारोबार भएको हो।  

nepse 1122.PNG

सरकारले आयातमा कडाइ गरेसँगै ऋण प्रवाह ठप्प हुँदा बैंकहरुमा निक्षेप बढेकाले पनि सेयर बजारमा सकारात्मक प्रभाव देखिने अनुमान गरिएको थियो। सरकारले महँगा वस्तुको एलसी खोल्न कडाइ गरेसँगै बैंकहरुमा निक्षेप बढेको हो। वाणिज्य बैंकहरुमा चैत महिनामा ४४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने चैतमै ऋण प्रवाह २३ अर्ब रुपैयाँ मात्रै भएको थियो

स्थानीय चुनावले वित्तीय प्रणालीमा तरलता बढाउने विश्वासको साथै नेपाली अर्थतन्त्रमा सार्वजनिक ऋण जोखिम न्यून रहेको आशयको विश्व बैंकको विज्ञप्ति सहितका विषयले पनि सेयर बजार बढ्ने अनुमान गरिएको छ। यता ब्रोकरमार्फत प्रवाह हुने मार्जिन लोनलाई धितोपत्र बोर्डले सहज बनाउने तयारीले समेत सेयर बजार सकारात्मक हुने संकेत देखिएको छ। 

सोमबार स्थानीय निर्वाचनको उम्मेदवारी दर्ता भइरहेको छ। यसले निर्वाचन केन्द्रित अर्थतन्त्रले पनि सेयर बजारलाई सकारात्मक बनाउने आशा गरिएको छ। 


प्रकाशित : सोमबार, वैशाख १२ २०७९०९:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend