बुधबार, वैशाख ५ गते २०८१    
images
images
images
images

वाणिज्य बैंकमै सहकारीको भन्दा महँगो ब्याज

images
images
वाणिज्य बैंकमै सहकारीको भन्दा महँगो ब्याज

बैंकिङ प्रणालीमा तरलता अभावको संकेत पछि वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदरमा विकास बैंक, फाइनान्स र सहकारीलाई समेत उछिनेका छन्। हाल सञ्चालनमा रहेका  विकास बैंकहरूले ६ प्रतिशतदेखि ११.२५ प्रतिशतसम्म मुद्दती निक्षेपमा ब्याज दिइरेहका छन्।

images

काठमाडौं- बैंकिङ प्रणालीमा तरलता अभावको संकेत पछि वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदरमा विकास बैंक, फाइनान्स र सहकारीलाई समेत उछिनेका छन्। हाल सञ्चालनमा रहेका  विकास बैंकहरूले ६ प्रतिशतदेखि ११.२५ प्रतिशतसम्म मुद्दती निक्षेपमा ब्याज दिइरेहका छन्। साथै फाइनान्स कम्पनीहरूले समेत मुद्दती खातामा ७.५० प्रतिशतदेखि ९.५० प्रतिशतसम्ममात्र ब्याज दिइरहेका छन्। 

images
images
images

कतिपय वाणिज्य बैंकहरूको मुद्दती निक्षेप सहकारीको भन्दा धेरै छ। स-साना सहकारीहरूले पनि मुद्दती निक्षेपको ब्याजदर १२ प्रतिशत भन्दा धेरै दिएका छैनन्। नाम चलेका ठूला सहकारीहरूलाई हेर्ने हो भने उनीहरूले अधिकतम ९/१० प्रतिशतसम्म दिएको पाइन्छ त्यो पनि ५/७ वर्ष अवधिको। 

images

यस महिनामा अधिकांश वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर ०.५ प्रतिशतदेखि ३ प्रतिशत बिन्दुसम्म बढाएका छन्। सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार सबैभन्दा बढी सनराइज बैकले एक वर्षभन्दा बढी अवधिको लागि व्यक्तिगत मुद्दती निक्षेपमा १०.०७ प्रतिशत ब्याजदर दिने घोषणा गरेको छ। साथै ब्याजदर मुद्दतीतर्फ सनराइज बैंककै हाराहारीमा ग्लोबल आईएमई बैंकले मुद्दतीको ब्याजदर करिब १०.५ प्रतिशत र सानिमा बैंकले १०.०१ प्रतिशतसम्म ब्याजदर कायम गरेका छन्।

images

स्टाण्डर्ड चार्टर्ड, नेपाल एसबीआई, हिमालयन बैंकलगायतका केही बैंकहरूले ब्याजदरमा खासै ठूलो परिवर्तन गरेका छैनन्। यसबाहेक अन्य सबै बैंकहरूले ब्याजदर बढाएका हुन्। भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूले औसत १–२ प्रतिशतसम्म ब्याजदर बढाएका छन्। अन्य बैंकहरूले ८ देखि ९.५ प्रतिशतको हाराहारीमा ब्याजदर कायम गरेका छन्।  

images
images

मुद्दती निक्षेपमा राष्ट्रिय वाणिज्य बैंकले ७.२५ प्रतिशतबाट ९.०६ प्रतिशत, ब्याजदर प्राइम बैंकले ७.७६ प्रतिशतबाट ९.७६ प्रतिशत, एनएमबि बैंकले ७.५० प्रतिशतबाट ९.५२ प्रतिशत र सानिमा बैंकले ६.८५ प्रतिशतबाट ९.५१ प्रतिशत पुर्‍याएको छ।

साथै, नबिल बैंकले ७.५१ प्रतिशतबाट ९.२६ प्रतिशत, एनसीसी बैंकले ८ प्रतिशतबाट ९.२६ प्रतिशत, ग्लोबल आइएमईले ७.१ प्रतिशतबाट ९.५० प्रतिशत, सिभिल बैंकले ८.७८ प्रतिशतबाट ९.२५ प्रतिशत र सेञ्चुरी बैंकले ७.५० प्रतिशतबाट ९.२५ प्रतिशत पुर्‍याएको छ।

यस्तै, नेपाल बंगलादेश बैंकले ७.५० प्रतिशतबाट ८.७६ प्रतिशत ,सिद्धार्थ बैंकले ७ प्रतिशतबाट ९.०२ प्रतिशत ब्याजदर कायम गरेको छ। साथै, मुद्दती निक्षेपको अधिकतम ब्याजदरमा एभरेष्ट बैंकले ७ प्रतिशतबाट ८.६१ प्रतिशत, कृषि विकास बैंकले ७.५० प्रतिशतबाट ८.६० प्रतिशत माछापुच्छ्रे बैंकले ७.०५ प्रतिशतबाट ८.७५ प्रतिशत, र नेपाल एसबीआइ बैंकले ७.५५ प्रतिशतबाट ८.५५ प्रतिशत पुर्‍याएको छ।

त्यस्तै, नेपाल इन्भेष्टमेण्ट बैंकले ७ प्रतिशतबाट ८.५० प्रतिशत र बैंक अफ काठमाण्डूले ७ प्रतिशतबाट ८.२७ प्रतिशत हिमालयन बैंकले ७ प्रतिशतबाट ८.५० प्रतिशत, लक्ष्मी बैंकले ७ प्रतिशतबाट ८.५० प्रतिशत ब्याजदर पुर्‍याएको छ। यसका साथै, कुमारी बैंकले ७.६५ प्रतिशतबाट ८.१५ प्रतिशत प्रभु बैंकले ७.७५ प्रतिशतबाट ८.२५ प्रतिशत, मुद्दती निक्षेपको ब्याजदर पुर्‍याएको छ।

मौद्रिक नीतिमा घोषणा गरे बमोजिम रेमिटान्समार्फत प्राप्त हुने बचतका लागि साधारण तथा मुद्दती दुवैको ब्याजदर बैंकहरूले १ प्रतिशतले बढाएका छन्। राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई अधिकतम ब्याजदरको लागि सिमा निर्धारण नगरेकाले पनि उनिहरूले मनलाग्दी ब्याजदर बढाउन थालेका हुन्। जब कि सहकारीलाई नियमन गर्ने सहकारी विभागले सहकारीहरूका लागि सन्दर्भ ब्याजदर तोकिदिएको छ। 

सहकारीहरूले १४‍.७५ प्रतिशत भन्दा धेरैमा कर्जा लगानी गर्न नपाउने व्यवस्था सँगै निक्षेपको ब्याजदर पनि अस्वभाविक रूपमा बढाउन पाउदैनन्। यदि सन्दर्भ ब्याजरकै हाराहारीमा कर्जा लगानी गर्ने हो भने पनि उनिहरूले अधिकतम ११/१२ प्रतिशत भन्दा माथि दिन सक्दैनन्। यसले गर्दा अहिले नाम चलेका सहकारीहरूले साधारण निक्षेपको ब्याजदर ४/५ प्रतिशत मात्रै दिइरहेका छन् भने मुद्दती निक्षेपको हकमा भने ९/१० प्रतिशतसम्म ब्याजदर दिने गरेको पाइन्छ। कर्जाको ब्याजदर नै १२/१३ प्रतिशत रहेका सहकारीले मुद्दती निक्षेपकै ब्याजदर ९/१० प्रतिशत भन्दा माथि दिएका छैनन्। 

नेपाल राष्ट्र बैंकले सिसिडी रेसियो खारेज गरी सिडी रेसियोलाई कार्यान्वयन गर्दा बैंकहरूमा अर्बौ रूपैयाँको तरलता अभाव भएको छ। नीतिगत व्यवस्थाका कारण देखिएको तरलता अभावलाई देखाउदै बैंकहरूले निक्षेप तान्न केहि समयदेखि ब्याजदर बढाइरहेका छन्। यस महिना निक्षेपको मात्रै ब्याजदर बढाइएको छ। दसैँ तिहारपछि कर्जाको माग उच्च हुने आकलन गर्दै उनिहरूले निक्षेप बढाउन थालेका हुन्। 

आजका दिनमा सहकारीहरू सँग झण्डै ५ खर्ब रूपैयाँ निक्षेप रहेको छ भने उनिहरूले साढे चार खर्ब रूपैयाँ भन्दा धेरै लगानी गरेका छन्। सहकारी विभागले सहकारीहरूका लागि कर्जामा अधिकतम १६ प्रतिशत भन्दा धेरै लिन नपाउने गरी सन्दर्भ ब्याजदर तोकिएका कारण उनिहरूले बैंकहरूले जस्तो मनलाग्दी ब्याजदर निर्धारण गर्न पाउदैनन्। 

बैंक वित्तीय संस्थाहरूमा हेर्ने हो भने उनिहरूसँग ४७ खर्ब १२ अर्ब रूपैयाँको निक्षेप रहेको छ भने ४३ खर्ब ४९ अर्ब रूपैयाँ लगानी छ। बजारमा थोरै मात्रै कर्जाको माग हुने वित्तीकै ब्याजदर बढाउने अनि कर्जाको माग कम हुन थालेपछि ह्वात्तै घटाउने प्रवृत्तीले सर्वसाधारण हैरानीमा छन्। 

कुन बैंकको ब्याजदर कति?

bank byajdar.jpeg

images

प्रकाशित : मंगलबार, असोज ५ २०७८०८:५८

प्रतिक्रिया दिनुहोस