शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

मालपोत अधिकृत डेढ लाख नगदसहित अख्तियारको नियन्त्रणमा

images
images
images
मालपोत अधिकृत डेढ लाख नगदसहित अख्तियारको नियन्त्रणमा
images
images

फुङ्लिङ- जिल्ला मालपोत कार्यालय ताप्लेजुङका प्रमुख मालपोत अधिकृत लेखा पनेरु महतलाई अख्तियारको टोलीले आज दिउँसो नियन्त्रणमा लिएको छ। टोलीले महतलाई सोवाग्राहीबाट लिएको एक लाख ५० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो।

images
images
images

बाबुका नामको जग्गा दाखेल खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा पास गरिदिएबापत सेवाग्राहीबाट एक लाख ५० हजार रुपैयाँ रकम लिएको अभियोगमा पनेरुलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए।

images

फुङ्लिङ वडा नं ४ स्थित एक घरबाट सेवाग्राहीबाट लिएको रकम उक्त रकमसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ। 

images

गत साउन महिनाबाट चलाइएको यस प्रक्रियामा सम्बन्धित धनीलाई कागजात बुझाउन बाँकी रहेको अवस्थामा आर्थिक लेनदेन भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ। रासस

images
images

images

प्रकाशित : आइतबार, वैशाख ११ २०७९१०:३२

प्रतिक्रिया दिनुहोस