बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

वित्तीय विवरणमा सेञ्चुरीको छलाङले मर्जरमा टेवा, प्रभु बैंकसँग होला ‘ब्रेकथ्रु’?

शनिबार, वैशाख १० २०७९
वित्तीय विवरणमा सेञ्चुरीको छलाङले मर्जरमा टेवा, प्रभु बैंकसँग होला ‘ब्रेकथ्रु’?

वै बैंकका सञ्चालकहरूले अनौपचारिक रुपमा मर्जरको लागि छलफल गरिरहेका छन्।

काठमाडौं- ९ महिनाको वित्तीय विवरणमा उत्साहजनक सुधार गरेको सेञ्चुरी बैंक र नाफा घटेको प्रभु बैंकको मर्जरमा पुनः छलफल अगाडि बढेको छ। गत महिना स्वाप रेसियोमा कुरा नमिल्दा अड्किएको मर्जर प्रक्रियाले पुनः नयाँ चरणमा अनौपचारिक छलफल सुरु भएको हो। प्रभु र सेञ्चुरी बैंक मर्जरका लागि तयारी तीब्र पारेका छन्। 

दुवै बैंकले आन्तरिक छलफललाई तीव्रता दिएका हुन्। दुवै बैंकका सञ्चालकहरूले अनौपचारिक रुपमा मर्जरको लागि छलफल गरिरहेका छन्। दुई बैंकले आन्तरिक समिति बनाएर मर्जको प्रस्तावमा छलफल गरिरहेका हुन्। 

माछापुच्छ्रे बैंकसँग मर्जको प्रस्तावबाट पछि हटेको सेञ्चुरी बैंकले पछिल्लो समय प्रभु बैंकसँग मर्जरमा जान घनिभूत छलफल जारी राखेको हो। दुवैले स्वाप रेसियोसहित सहमती गराएर मात्रै बाँकी कुरा अगाडि बढाउने तयारी गरेका छन्। सम्भवतः स्वाप रेसियोमा सेञ्चुरी बैंकले प्रभुसँग १०० कित्ता बाराबर ९० कित्ता प्रस्ताव गरेको छ। प्रभुले उक्त स्वाप रेसियोमा अझै सहमती दिएको छैन। सहमती भएमा आउने आर्थिक वर्ष भित्रै दुई बैंक एक भएको घोषणा गर्ने तयारी गरेका छन्। 

सेञ्चुरीले करिब दुई सातासम्म माछापुच्छ्रेसँग छलफल गरे पनि स्वाप रेसियोमा कुरा नमिलेपछि प्रभु बैंक तिर मोडिएको थियो। सेञ्चुरीले माछापुच्छ्रेलाई मर्जरको अफर गरेको थियो। तर स्वाप रेसियो कति राख्ने भन्ने तहमा समेत छलफल भएपछि बीचमै सेञ्चुरीले प्रभु बैंक रोजेको हो। प्रभुले भने ८५ दिन तयार रहेको बुझिएको छ। 

प्रभु बैंक 

प्रभु बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा घटेको छ।

चैत मसान्तसम्ममा बैंकले १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६‍.९१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब १० करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानी अर्थात ईपीएस पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ ४० पैसा घटेर १८ रुपैयाँ ३९ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ४१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.१२ गुणा रहेको छ।

पछिल्लो ९ महिनामा बैंकको चुक्तापुँजी १२ प्रतिशत बढेको छ भने जगेडा कोष ८.९४ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप १.३१ प्रतिशत बढेको छ भने कर्जा ६.३६ प्रतिशत बढेको छ।

सेञ्चुरी बैंक 

सेञ्चुरी बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब १ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३५ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी ११.६६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २१२.७६ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको २७ करोड ८३ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएको छ।

खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ८ रुपैयाँ ८८ पैसा बढेर १४ रुपैयाँ १७ पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ १६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.७ गुणा रहेको छ।


प्रकाशित : शनिबार, वैशाख १० २०७९१२:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend