शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

सातामा नेप्से ८९.७९ अंकको गिरावट

images
शुक्रबार, वैशाख ९ २०७९
images
सातामा नेप्से ८९.७९ अंकको गिरावट
images
images

काठमाडौं- सेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा ८९.७९ अंकले गिरावट आएको छ। चालु आर्थिक वर्षको सुरुवातसँगै सेयर बजारमा तीव्र रुपमा उतारचढाव भइरहेको छ। गत साता तीन दिन मात्रै  कारोबार भएको नेप्से परिसूचक ४९.०७ अंकले गिरावट आएको थियो। पछिल्लो एक सातामा नेप्से गत साताको भन्दा उच्च ८९.७९ अंकले गिरावट आएको छ।

images
images
images

८ महिना अगाडि २०७८ भदौ २ गते बुधबार ३१९८.६० बिन्दुमा पुगेर नेपाली सेयर बजारमा नयाँ कीर्तिमान बनेको थियो। तर, आठ महिनायता लगातार रुपमा गिरावट आएको नेप्से २०७९ बैशाख ८ गतेसम्म आउँदा ८७३.१५ अंकले घटेर २३२५.४५ बिन्दुमा सीमित भएको छ। नेप्सेमा आएको उच्च गिरावटले सेयर लगानीकर्ताको कुल पुँजीमा पनि उच्च गिरावट आएको छ।

images
images

नेप्से ३२ सय बिन्दुमा पुग्दा झण्डै २२ अर्बसम्म कारोबार गरेका लगानीकर्ता अहिले अन्योलमा रहँदा कारोबार रकम खुम्चिएर १ अर्बमा झरेको छ। गएको सातालाई नै आधार मान्ने हो भने ५ दिनको कारोबारमा दुई दिन सामान्य अंकले बढ्दा ३ दिन उच्च अंकले गिरावट आएको छ।

images
images

सातामा दुई दिन सामान्य वृद्धि भएता पनि तीन दिन नेप्से उच्च अंकले गिरावट हुँदा बजार २४ सयको बिन्दुमा पुग्न सकेन। साताको पहिलो कारोबार भएको दिन आइतबार नेप्से परिसूचक २९.६० अंकले घटेर २३८५.६४ बिन्दुमा झरेको थियो। आइतबार कारोबारमा आएका २३३ कम्पनीको ३४ लाख ७ हजार कित्ता सेयर १ अर्ब ४४ करोड ७ लाख २३ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।

त्यस्तै साताको दोस्रो कारोबारको दिन सोमबार पनि नेप्से परिसूचक ४१.७७ अंक घटेर २३४३.८७ बिन्दुमा झरेको थियो। सोमबार कारोबारमा २२९ कम्पनीको ३८ लाख ७६ हजार कित्ता सेयर १ अर्ब ५३ करोड ६ लाख ९२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।

मंगलबार भने नेप्से परिसूचक १३.३७ अंकले बढेर २३५७.२४ बिन्दु माथि पुगेको थियो। मंगलबार कारोबारमा आएका २२९ कम्पनीको ३२ लाख १३ हजार कित्ता सेयर १ अर्ब ३२ करोड ६८ लाख ६५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।

मंगलबार नेप्से सामान्य अंकले बढे पनि बुधबार भने नेप्से परिसूचक ३६.७३ अंक घटेर २३२०.५१ बिन्दुमा झरेका थियो। बुधबार कारोबारमा आएका २२८ कम्पनीको ३५ लाख ७० हजार कित्ता सेयर १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।

साताको अन्तिम कारोबारको दिन  बिहीबार नेप्से ४.९४ अंक बढेर २३२५.४५ बिन्दुमा झरेको  छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.०६ अंक, फ्लोट इण्डेक्स ०.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंकले बढेको छ।

बिहीबार कारोबारमा आएका २३१ कम्पनीको ३९ लाख ९१ हजार कित्ता सेयर १ अर्ब ६२ करोड ९१ लाख ६८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। बुधबारको तुलनामा बिहीबार कारोबार रकममा सुधार भएको छ। बुधबार १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।


प्रकाशित : शुक्रबार, वैशाख ९ २०७९१०:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend