बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

उपकार लघुवित्तको ‘ओपनिङ’ कारोबार नै प्रतिकित्ता १२ सयभन्द माथी, लाभांश क्षमता कति?

शुक्रबार, वैशाख ९ २०७९
उपकार लघुवित्तको ‘ओपनिङ’ कारोबार नै प्रतिकित्ता १२ सयभन्द माथी, लाभांश क्षमता कति?

कम्पनीले २०८०/८१ सम्म प्रतिसेयर आम्दानी २६० रुपैयाँ र प्रतिसेयर नेटवर्थ ८३७ रुपैयाँ पुर्‍याउने प्रक्षेपण समेत गरेको छ।

काठमाडौं- उत्कृष्ट वित्तीय सूचक रहेको उपकार लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आईपीओ शुक्रबार बाँडफाँट गरिएको छ।  

लघुवित्तले गत चैत २५ गतेदेखि ३० गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा कुल २३ लाख ५१ हजार ४६२ आवेदनबाट २ करोड ६२ लाख ५७ हजार ६५० कित्ताका लागि आवेदन परेको थियो। जसमध्ये २ हजार ४०६ वटा आवेदन रद्द भएको थियो भने २३ लाख ४९ हजार ५६ वटा आवेदन स्वीकृत भएको थियो।

स्वीकृत आवेदनमध्ये २२ हजार ११५ आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको छ। सोमध्ये ६ जनाले थप १ कित्ता प्राप्त गरेका छन्। बाँकी २३ लाख २६ हजार ९४१ आवेदकको हात खाली रहेको छ।

लघुवित्तले जारी पुँजीको ०.५ प्रतिशतले ३ हजार २८१ कित्ता कर्मचारीलाई र ५ प्रतिशतले अर्थात ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो। लघुवित्तले आईपीओको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको थियो। 

कम्पनीको सूचक

देशभर ३२ वटा शाखाबाट करोबार गर्ने लघुवित्तको सूचक भने उत्साहप्रद रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी १४० रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ४०३.१९ रुपैयाँ रहेको छ।

गतवर्ष कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ मात्रै रहेको छ। कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा सुधार गर्दै १४० रुपैयाँ पुर्‍याएको थियो। कम्पनीले २०८०/८१ सम्म प्रतिसेयर आम्दानी २६० रुपैयाँ र प्रतिसेयर नेटवर्थ ८३७ रुपैयाँ पुर्‍याउने प्रक्षेपण समेत गरेको छ।

गत वर्षको सूचकको आधारमा नेपाल स्टक एक्सचेन्जले दोस्रो बजारमा ओपनिङ कारोबार मूल्य तोक्ने भएकोले कम्पनीको सेयर मूल्य पहिलो कारोबारमा नै प्रतिसेयर नेटवर्थको तीन गुणासम्म तोक्न पाउने भएकोले अधिकतम १२०९ रुपैयाँ र  न्युनतम ४०३.१९ रुपैयाँबाट कारोबार हुनेछ।

यता कम्पनीको नाफाका हिसाबले पनि उत्कृष्ट सूचक रहेकाले कम्पनीले आगामी वर्ष नै शतप्रतिशतसम्म लाभांश दिन सक्ने क्षमता समेत रहेको छ।


प्रकाशित : शुक्रबार, वैशाख ९ २०७९११:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend