शनिबार, साउन १२ गते २०८१    
images
images
images

४८ करोडको लगानीमा ३ इट्टा उद्योग 

images
शुक्रबार, वैशाख ९ २०७९
images
images
४८ करोडको लगानीमा ३ इट्टा उद्योग 
images

काठमाडौं- चालु आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि हालसम्म इट्टा उत्पादनका लागि भन्दै ३ वटा उद्योग दर्ता भएको छन्।

images
images

३ वटा इट्टा उद्योगमा ४८ करोड ३० लाख रुपैयाँभन्दा बढीको लगानी प्रतिवद्धता आएको उद्योग विभागले जनाएको छ। उद्योग विभाग अनुसार बैशाख ५ गते मात्रै मोरङमा इट्टा उत्पादनका लागि भन्दै कैलाश इट्टा उद्योग दर्ता भएको छ। रतुवामाई नगरपालिका वडानम्बर ६ मा १६ करोड ५० लाख रुपैयाँको लगानीमा इट्टा उत्पादन गर्न भन्दै उद्योग दर्ता भएको हो।

images

उद्योगले वार्षिक २ करोड पिस इट्टा उत्पादन गर्नेगरि दर्ता भएको विवरणमा उल्लेख छ। उद्योगमा १ सय ७३ जनाले रोजगारी पाउने समेत विवरणमा उल्लेख छ।

शतप्रतिशत नेपाली लगानी रहने उद्योगले ५ सय केभिए बिजुली समेत खपत गर्ने दर्ता विवरणमा उल्लेख गरेको छ। यसैगरी असोजमा पनि लम्जुङको सुन्दरबजारमा इट्टा उद्योग स्थापना गर्ने भन्दै इट्टा उद्योग दर्ता भएको थियो।

images

१७ करोड ८० लाखको लगानी रहने गरी सर्वोत्तम इट्टा उद्योग दर्ता भएको थियो। वार्षिक २ करोड रातोमाटोको इट्टा उत्पादन गर्ने गरी उद्योग दर्ता भएको थियो। उद्योगमा ४ सय ७१ जनाले रोजगारी पाउने र ५ सय केभीए बिजुली खपत हुने उद्योग दर्ता विवरणमा उल्लेख छ।

उद्योगमा शतप्रतिशत नै नेपाली लगानी रहने  समेत विवरणमा  उल्लेख छ। यसैगरी असोज ६ गते नै इट्टा उत्पादनका लागि भन्दै पोखरा इको रेड ब्रिक्स उद्योग पनि दर्ता भएको थियो।कास्कीको रुपागाउँपालिकामा स्थापन हुने उद्योगमा १४ करोडको लगानी रहने उद्योग दर्ता विवरणमा उल्लेख छ। उद्योगबाट वार्षिक २ करोड ९० लाख इट्टा उत्पादन हुने र २ सय जनाले रोजगारी पाउने छन्।

शतप्रतिशत नेपाली लगानी रहेको उद्योगले ७ सय ५० केभीए बिजुली खपत गर्ने समेत विवरणमा उल्लेख छ।


प्रकाशित : शुक्रबार, वैशाख ९ २०७९००:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend