सोमबार, वैशाख १७ गते २०८१    
images
images

१० करोडको लगानीमा चितवनमा वाइन उद्योग

images
images
images
१० करोडको लगानीमा चितवनमा वाइन उद्योग

वार्षिक १ हजार केएल फलफूलमा आधारित वाइन र ८ सय केएल फलफूलमा आधारित साइडर उत्पादन गर्ने गरी उद्योग दर्ता भएको हो।

images
images

काठमाडौं- चितवनमा १० करोडको लगानीमा वाइन उद्योग स्थापना हुने भएको छ। वाइन उद्योग स्थापनका लागि उद्योग विभागमा दर्ता समेत भएको छ।

images
images
images

१० करोडको लगानीमा चितवनको इच्छामनाकामना गाउँपालिकामा वाइन उद्योग स्थापना गर्ने गरी उद्याग दर्ता भएको उद्योग विभागले जनाएको छ।

images

वार्षिक १ हजार केएल फलफूलमा आधारित वाइन र ८ सय केएल फलफूलमा आधारित साइडर उत्पादन गर्ने गरी उद्योग दर्ता भएको हो।

images

उद्योगमा २५ जनाले रोजगारी पाउने उद्योग दर्ता विवरणमा उल्लेख छ। उद्योगमा शतप्रतिशत नेपाली लगानी रहने र सानो प्रकृतिको उद्योग हुनेछ।

images
images

साथै केही महिना अगाडि पनि मकवानपुरको थाहा नगरपालिकामा पनि वाइन उत्पादन गर्ने उद्योग दर्ता भएको थियो। वार्षिक २ लाख २५ हजार लिटर वाइन उत्पादन गर्ने गरी वाइन उद्योग दर्ता भएको थियो।

उद्योग विभागका अनुसार वाइन उत्पादनका लागि सीसी वाइनरी उद्योग दर्ता भएको थियो। उद्योग सञ्चालनमा आएसँगै ४० जनाले  रोजगारी पाउने र  उत्पादनमुलक उद्योगले २५० केभीए विद्युत खपत समेत गर्ने दर्ता विवरणमा उल्लेख छ।

images

प्रकाशित : शनिबार, वैशाख १० २०७९०७:४४

प्रतिक्रिया दिनुहोस