बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

आयातमा कडाइपछि एक महिनामै बैंकहरुमा थपियो ४४ अर्ब निक्षेप

बिहीबार , वैशाख ८ २०७९
आयातमा कडाइपछि एक महिनामै बैंकहरुमा थपियो ४४ अर्ब निक्षेप

वाणिज्य बैंकहरुमाा चैत महिनामा ४४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने चैतमै ऋण प्रवाह २३ अर्ब रुपैयाँ मात्रै भएको छ। 

काठमाडौं- सरकारले आयातमा कडाई गरेसँगै ऋण प्रवाह ठप्प हुँदा बैंकहरुमा निक्षेप बढ्न थालेको छ। सरकारले महँगा वस्तुको एलसी खोल्न कडाइ गरेसँगै बैंकहरुमा निक्षेप बढेको हो। 

वाणिज्य बैंकहरुमाा चैत महिनामा ४४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने चैतमै ऋण प्रवाह २३ अर्ब रुपैयाँ मात्रै भएको छ। 

गत फागुन ३० गतेसम्म ४३ खर्ब ३३ अर्ब रुपैयाँ रहेकोमा बैशाख १ गतेसम्म ४३ खर्ब ७७ अर्ब पुगेको छ। यता ऋण  प्रवाह भने गत फागुनसम्म ४१ खर्ब ७२ अर्ब रहेकोमा बैशाख १ गतेसम्म ४१ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ।

शोधनान्तरण घाटा बढ्दै गएको र विदेशी मुद्राको सञ्चिति डरालाग्दो गरि घट्दै गएसँगै राष्ट्र बैंकले वाणिज्य बै‌ंकका सीईओहरुलाई तत्काल एलसी रोक्न निर्देशन दिएको थिए। आयात रोक्ने निर्णय सरकारले गर्नुपर्ने तर बाह्य क्षेत्रको सन्तुलनको काम राष्ट्र बैंकको भएको भन्दै उनीहरुले सरकारले निर्णय नगर्दासम्म मौखिक निर्देशनकै भरमा आयातका लागि एलसी नखोल्न निर्देशन दिएका थिए। 

गाडी तथा विलासी भनिएका वस्तुको आयात रोक्न निर्देशन दिएको थियो। राष्ट्र बैंकको मौखिक निर्देशन पाएपछि सीईओहरुले आफ्नो प्रणालीमा सोहीअनुसारको सञ्चार पनि गरे। तर त्यसमा प्राविधिक समस्या थियो। 

लिखित कुनै निर्देशन नभएकाले कुन वस्तुका लागि एलसी नखोल्ने, कुनका लागि खोल्ने भनेर बैंकहरु दोधारमा परे। कतिपयले त अत्यावश्यक वस्तुकै लागि एलसी खोल्न बन्द गरिदिए। तर यो व्यवस्था पहुँच नभएकाहरूका लागि थियो।


प्रकाशित : बिहीबार , वैशाख ८ २०७९११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend