बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

सेयर बजारमा लगातार घट्दो ट्रेण्डमा ‘ब्रेक’, आउने साता बढ्ने संकेत

बिहीबार , वैशाख ८ २०७९
सेयर बजारमा लगातार घट्दो ट्रेण्डमा ‘ब्रेक’, आउने साता बढ्ने संकेत

काठमाडौं- लगातार घटेको सेयर बजार साताको अन्तिम दिन भने बढ्ने ट्रेण्डमा प्रवेश गरेर बन्द भएको छ।बिहीबार कारोबारको अन्तिम समयमा आएर बजार बढेर बन्द भएको हो।

चुनावसँगै अर्थतन्त्रमा बाह्य चापसमेत कम हुँदै जाने आंकलन हुन थालेपछि बजार बढ्ने संकेतहरु देखिएको छ। यो साताको पाँच दिनको कारोबारमा दुई दिन बढ्दा तीन दिन घटेको हो। गत साता भने एकदिन मात्रै बढेको थियो। लगानीकर्ताहरु अर्थतन्त्रको सूचक हेरेर लगानी गर्न पर्ख र हेरको अवस्थामा रहेका छन्। बिहीबार अधिकांश सूचक सकारात्मक हुँदा घटिरहेका ठूला कम्पनीको सेयर मूल्य पनि बढेको छ। 

साताको अन्तिम दिन बिहीबार ४.९० अंकले बढेर २३२५.४५ बिन्दुमा रोकिएको छ। बिहीबार १ अर्ब ६२ करोड रुपैयाँका कारोबार भएको हो।  

यो साता १०८.१ अंकले घट्दा १८.३७ अंकले बढेको छ। समग्रमा बजार यो साता ८९‍.६९ अंकले ओरालो लागेको छ। बुधबार सेयर बजार ३६.७३ अंकले घटेर २३२०.५१ को बिन्दुमा रोकिएको तियो। बुधबार ३५ लाख ७० हजार कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको थियो।  

२०७९ को सुरुवातदेखि नै सेयर बजारले खराब सुरुवात गरेको थियो। पहिलो दिनको कारोबार २९.६० अंकले घटेर २३८५.६४ बिन्दुमा आएको थियो। नयाँ वर्ष ०७९ को दोस्रो दिनको कारोबारमा पनि भारी गिरावट आएको थियो। तेस्रो दिनको कारोबारमा भने बजार पर्ख र हेरको अवस्थामा रोकिएको थियो।

मंगलबार सेयर बजार १३.३७ अंकले बढेर २३५७.२४ बिन्दुमा उक्लिएको थियो। मंगलबार ३२ लाख १३ हजार कित्ता किनबेच हुँदा १ अर्ब ३२ करोड रुपैयाँको मात्रै कारोबार भएको थियो। सोमबार ४१.७७ अंकले घटेर नेप्से परिसूचक २३४३.८७ बिन्दुमा आइपुगेको थियो भने कारोबार १ अर्ब ५३ करोडमा खुम्चिएको थियो।

यो साताको पहिलो दिन आइतबार कारोबार रकम १ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको थियो। २०७८ को अन्तिम कारोबार दिन भने नेप्से ३०.२४ अंकले बढेर बन्द भएको थियो। नयाँ वर्षसँगै सेयर बजार बढ्ने अनुमानकाबीच उच्च अंकले लगातार घटिरहेको हो।


प्रकाशित : बिहीबार , वैशाख ८ २०७९०९:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend