काठमाडौं- अपर सोलु हाइड्रोपावरले आईपीओ जारी गर्ने भएको छ। हाइड्रोपावरले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्काशन अनुमति पाएको हो।
हाइड्रोपावरले ३३ करोड ७ लाख ७५ हजार रुपैयाँ बराबरको ३३ लाख ७ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्ने छ।
हाइड्रोपावरले जारी पुँजीको २४.५० प्रतिशत आईपीओ जारी गर्न लागेको हो। हाइड्रोपावरले स्थानीय र सर्वसाधरणका लागि प्रतिकित्ता मूल्य १०० रुपैयाँका दरले आईपीओ जारी गर्ने छ।