सोमबार, वैशाख १७ गते २०८१    
images
images

ट्राफिक प्रहरीद्वारा ३९ लाख राजस्व संकलन

images
images
images
ट्राफिक प्रहरीद्वारा ३९ लाख राजस्व संकलन
images
images

काठमाडाैं- जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले नौ महिनाको अवधिमा ३९ लाख ५२ हजार राजस्व संकलन गरेको छ। ट्राफिक निमय उल्लंघन गर्ने सवारीसाधनका चालकलाई कारबाही गर्दा सो राजस्व संकलन भएको हो। 

images
images
images

विभिन्न ठाउँमा खटिएका ट्राफिक प्रहरी टोलीले गत साउनदेखि चैत मसान्तसम्मको अवधिमा पाँच हजार ४०१ सवारी साधनका चालकलाई कारबाही गरेको थियो। साउनमा २ लाख ६३ हजार, भदौमा ४ लाख ४४ हजार, असोजमा ४ लाख सात हजार, कात्तिकमा ६ लाख ५३ हजार, मंसिरमा ७ लाख १० हजार, पुसमा ३ लाख ७८ हजार, माघमा ३ लाख ७९ हजार, फागुनमा ३ लाख ६३ हजार र चैतमा ३ लाख २४ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दलबहादुर खत्रीले जानकारी दिए।  

images

ट्राफिक प्रहरीका अनुसार सवारीचालक अनुमतिपत्र नलिएका, साथमा आवश्यक कागजात नबोकेका, मादक पदार्थ सेवन गरेका, स्वरुप परिवर्तन, तीव्र गति र क्षमताभन्दा बढी लोड गरी चलाइएका, हेल्मेट, सिटबेल्ट र चालक पोसाक प्रयोग नगरेका सवारी साधनका चालकलाई कारबाही गरिएको हो। 

images

यस्तै जिल्लामा नौ महिनाको अवधिमा १९ सवारीसाधन दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। विभिन्न समयमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए। अधिकांश सवारी साधन ट्राफिक नियमविपरीत चलाउँदा दुर्घटनामा परेको पाइएको खत्रीले बताए। रासस

images
images

images

प्रकाशित : बिहीबार , वैशाख ८ २०७९०५:१६

प्रतिक्रिया दिनुहोस