बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

वित्तीय संस्थाहरूको विवरणमा उत्साहप्रद सुधार हुँदा पनि सेयर बजार थामिएन, नेप्से २२०० को बिन्दु नजिक

बुधबार, वैशाख ७ २०७९
वित्तीय संस्थाहरूको विवरणमा उत्साहप्रद सुधार हुँदा पनि सेयर बजार थामिएन, नेप्से २२०० को बिन्दु नजिक

बुधवार सेयर बजार २७ अंकले घटेर २३०० को बिन्दुबाट पनि तल झर्ने संकेत दिएको छ। 

काठमाडौं- बुधबार अधिकांश वित्तीय संस्थाको तेस्रो त्रैमास विवरण सार्वजनिक भएका छन्। अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले उत्साहप्रद नाफा गरेका छन्, अन्य सूचकहरूमा पनि सुधार गरेका विवरण सार्वजनिक भए। उता नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पनि अदालतले फिर्ता गरिदिएको छ। 

बुधबार नै अधिकारीले काम सम्हालेका छन्। यसका बीच नेप्सेमा भने भारी गिरावट आएको छ। मंगलबार धेरै दिनदेखि घटेको सेयर बजार बढेपछि बुधबार पनि केही सुधार हुने अपेक्षा लगानीकर्ताले गरेका थिए। 

अहिले बजार २३०० को बिन्दुबाट पनि तल झरेपछि अघिल्लो बुलमा भेट्टाएको उच्च १८०० को बिन्दुसम्म जान सक्ने अनुमान हुन थालेको छ। विश्लेषकहरूले गत डिसेम्बरकाे २२८१ बिन्दुलाई अहिले पनि आधार मानेका छन्। तर सूचकहरूले भने उक्त आधारलाई पत्याउने अवस्था छैन।

बुधबार सेयर बजार ३६.७३ अंकले घटेर २३२०.५१ को बिन्दुमा रोकिएको छ। बुधबार ३५ लाख ७० हजार कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४५ कराेड रुपैयाँको कारोबार भएको हाे।  

२०७९ को सुरुवातदेखि नै सेयर बजारले खराब सुरुवात गरेको थियो। पहिलो दिनको कारोबार २९.६० अंकले घटेर २३८५.६४ बिन्दुमा आएको थियो। नयाँ वर्ष ०७९ को दोस्रो दिनको कारोबारमा पनि भारी गिरावट आएको थियो। तेस्रो दिनको कारोबारमा भने बजार पर्ख र हेरको अवस्थामा रोकिएको थियो।

मंगलबार सेयर बजार १३.३७ अंकले बढेर २३५७.२४ बिन्दुमा उक्लिएको छ। मंगलबार ३२ लाख १३ हजार कित्ता किनबेच हुँदा १ अर्ब ३२ करोड रुपैयाँको मात्रै कारोबार भएको हो। सोमबार ४१.७७ अंकले घटेर नेप्से परिसूचक २३४३.८७ बिन्दुमा आइपुगेको थियो भने कारोबार १ अर्ब ५३ करोडमा खुम्चिएको थियो।

साताको पहिलो दिन आइतबार कारोबार रकम १ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको थियो। २०७८ को अन्तिम कारोबार दिन नेप्से ३०.२४ अंकले बढेर बन्द भएको थियो। नयाँ वर्षसँगै सेयर बजार बढ्ने अनुमानकाबीच उच्च अंकले लगातार घटिरहेको हो।

२०७८ को अन्तिम दिन ३०.२४ अंकले बढेर नेप्से २४१५.२४ बिन्दुमा पुगेको थियो। अन्तिम दिन कारोबार रकम भने खासै धेरै नभएकोले बजार सकारात्मक हुनेमा भने आशंका उत्पन्न भएको थियो। उक्त दिन पनि लगातर तीन दिन घटेर अन्तिम दिनको कारोबार बढेको थियो। 

गत भदौ २ गतेको ३१९९ बाट अघिल्लो बुलमा रहेको १८०० बिन्दु समाउने संकेतहरु देखिएको छ। सोही कारण पनि सेयर बजारबाट उम्कने प्रयासमा लगानीकर्ताहरू रहेका छन्। 


प्रकाशित : बुधबार, वैशाख ७ २०७९०९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend