बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

१४ दिन लगातार बढेर १५औं काराेबारमा नेष्डो लघुवित्तको नेगेटिभ सर्किट, कतिसम्म आउला?

बुधबार, वैशाख ७ २०७९
१४  दिन लगातार  बढेर १५औं काराेबारमा नेष्डो  लघुवित्तको नेगेटिभ सर्किट, कतिसम्म आउला?

काठमाडौं- लगातार पोजेटिभ सर्किट लागेको नेष्डो समृद्ध लघुवित्तको बुधबार भने नेगेटिभ सर्किट लागेको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सूचीकृत भएर कारोबार सुरुभएसँगै नेष्डोको सेयर मूल्य लगातार सकारात्मक सर्किट  लाग्दै आएको थियो।

हाल संस्थाको सेयर मूल्य ३ हजार ११ रुपैयाँ पुगेको थियो। तर बुधबार प्रतिकित्ता ३०१ रुपैयाँले घटेको हो। जुन १० प्रतिशतले सेयर मूल्य घट्दा २७१० रुपैयाँमा अन्तिम कारोबार भएको छ। 

संस्थाले पहिलो कारोबार ओपेनिङ रेन्ज सात सय ४७ रुपैयाँ पाएको थियो। कम्पनीको लगातार १४ दिन १० प्रतिशतले बढेको सेयर मूल्य १५औँ दिनमा १० प्रतिशतले घटेको हो। सीमित सेयर धनी भएको संस्थामा लगानीकर्ताहरु एकदमै हाबी भइरहेका थिए।  

संस्थाको चुक्तापुँजी २५ करोड ५० लाख रुपैयाँ  रहेको छ। नेष्डो सम्वृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ८.२८ लाख कित्ता साधारण सेयर सर्वसाधारण, आफ्ना कर्मचारी र विभिन्न म्युचुअल फण्डका लागि निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको थियो।

कम्पनीको बारेमा बैशाख २०७५ नेष्डो लघुवित्त वित्तीय संस्था लिमिटेडले लाइसेन्स प्राप्त राष्ट्रिय स्तरको वर्गको रूपमा २०७६ देखि सञ्चालन सुरु गर्यो।


प्रकाशित : बुधबार, वैशाख ७ २०७९०९:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend