बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

एनआईसी एशियाको नाफा बढ्दा नबिलको घट्यो, कुनको सूचक कस्तो ?

बुधबार, वैशाख ७ २०७९
एनआईसी एशियाको नाफा बढ्दा नबिलको घट्यो, कुनको सूचक कस्तो ?

काठमाडौं- एनआईसी एशिया बैंक र नबिल बैंकको नाफा कमाउने होड देखिएको छ। दुवै बैंकले ९ महिनामा ३ अर्बभन्दा नाफा कमाएका छन्। एनआईसी एशियाले नाफा बढाउदा नबिलको नाफा भने गतवर्षको तुलनामा घटेको छ। 

एनआईसी एशिया बैंकले ९ महिनामा ३ अर्ब ६० करोड नाफा कमाएको छ। अघिल्लो वर्षभन्दा २० प्रतिशतले नाफा बढाएको हो। बैंकले चैत मसान्तसम्म ३ खर्ब २ अर्ब निक्षेप संकलन गरेर २ खर्ब ७४ अर्ब कर्जा दिएको छ। बैंकको स्व-पुँजीमा प्रतिफल २१.४६ प्रतिशत रहेको छ। बैंकले वार्षिक प्रति सेयर आम्दानी ४१.९४ आर्जन गर्न बैंक सफल भएको छ। 

नबिल बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको विवरण अनुसार गत वर्षको तुलनामा नाफा घटेको छ। सेयर मूल्य पनि घटिरहेका बेला नाफा गत वर्षको तुलनामा ८.९१ प्रतिशतले घटेको हो। विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी बढे पनि खुद नाफा भने घटेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ३ अर्ब ३५ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १२ रुपैयाँ ४७ पैसा घटेर २४ रुपैयाँ १६ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १९० रुपैयाँ २९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.८२ गुणा रहेको छ।

पछिल्लो ९ महिनामा बैंकको चुक्ता पुँजी ३३.६० प्रतिशत बढेको छ भने जगेडा कोष १६.५६ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको निक्षेप ४.८१ प्रतिशत बढेको छ भने कर्जा १२.१० प्रतिशत बढेको छ।

 


प्रकाशित : बुधबार, वैशाख ७ २०७९०१:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend