बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

सिभिल बैंक नाफामा अर्ब क्लाव नजिक, अधिकांश सूचक उत्साहजनक

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख ७ २०७९
सिभिल बैंक नाफामा अर्ब क्लाव नजिक, अधिकांश सूचक उत्साहजनक

काठमाडौं- सिभिल बैंकले ८० प्रतिशतले नाफा बढाएको छ। बैंकले प्रकाशित गरेको चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार ९० करोड नाफा गरेको छ। अघिल्लो वर्ष बैंकको नाफा ५० करोड थियो।

ब्याज आम्दानी करिब १ अर्बले बढाएको तथा सञ्चालन खर्च सो अनुपातमा नबढेको कारण बैंकको नाफा ८० प्रतिशतले बढेको हो। बैंकले ९ महिनामा २ अर्ब ४५ करोड ब्याज आम्दानीबाट कमाएको छ। अघिल्लो वर्ष १ अर्ब ५४ करोड ब्याज आम्दानीबाट कमाएको थियो ।

बैंकको नाफा बढेसँगै प्रति सेयर आम्दानी बढेको छ। चैत मसान्तको वित्तीय विवरणअनुसार सिभिल बैंकको ईपीएस १३ रुपैयाँ २८ पैसा छ। 


प्रकाशित : बुधबार, वैशाख ७ २०७९०१:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend