मंगलबार, असोज १ गते २०८१    
images
images

नेपाल एयरलाइन्समा कार्यकर्ता भर्ति केन्द्र बनाउँदै पर्यटनमन्त्री, ५० भन्दा बढीलाई ज्यालादारीमा नियुक्ति

मन्त्रीका सचिवालयकै कर्मचारी पुग्छन फाइल बोकेर

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख ७ २०७९
images
images
नेपाल एयरलाइन्समा कार्यकर्ता भर्ति केन्द्र बनाउँदै पर्यटनमन्त्री, ५० भन्दा बढीलाई ज्यालादारीमा नियुक्ति

नियुक्तीका लागि सिफारिस फाइल बोकेर मन्त्री आलेको सचिवलायका कर्मचारीहरू दिनहुँ अध्यक्ष अधिकारीको कार्यकक्षमा धाउने गरेका छन्। 

images
images

काठमाडौं- नेपाल एयरलाइन्सको आर्थिक अवस्था नाजुक छ। यो कुरा एयरलाइन्सकै आधिकारिक दस्तावेजले बोलिरहेका छन्। यस बाहेक नेपाल एयरलाइन्स सुधारका लागि भनेर गठन भएका समितिहरूले पनि अधिक राजनीतिकरणले गर्दा संस्थाको अवस्था झनै नाजुक भएको तथ्य औँल्याउँदै आएका छन्। 

images
images
images

जहाज नउडाएका कारणले मात्र होइन कि मन्त्रीपिच्छे तजबिजमा कर्मचारीको नियुक्तिले अनिवार्य दायित्वको भार बढाउँदै गएको र यसले गर्दा आर्थिक अवस्था नाजुक बन्दै गएको त्यस्ता समितिहरूले औँल्याउँदै आएका छन्। 

राजनीतिक हस्तक्षेपले जहाज खरिदमा भ्रष्टाचार मात्र होइन दैनिक सञ्चालनमै घाटा लगाउने काम भइरहेको छ। कोरोना महामारी सुरु भएपछि भने यस्तो प्रवृत्ति रोकिएको थियो। तर प्रेम आले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएर आएपछि नेपाल एयरलाइन्सको संस्थागत संरचनामा व्यापक हस्तक्षेप भएको छ। 

महाप्रबन्ध हुँदाहुँदै कार्यकारी अध्यक्ष ल्याएर संस्थागन संरचनामा हस्तक्षेप सुरु गरेका आलेले पछिल्लो समय उडान नै बढाउन नसकेको एयरलाइन्समा तजबिजमा कर्मचारी नियुक्ति गरिरहेका छन्। 

images

एउटा व्यावसायिक कम्पनीले आफ्नो आवश्यकता तथा व्यावसायिक योजनाअनुसार कर्मचारी भर्ती तथा कटौती गर्नुपर्ने हो। अहिलेकै कर्मचारी कटौती गर्नुपर्ने पछिल्ला सिफारिस आइरहेका बेला मन्त्री आले तथा नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीले भर्ती केन्द्र बनाएका छन्। 

पछिल्लो तीन महिनामै आलेको निर्देशनमा अधिकारीले नेपाल एयरलाइन्समा ५० जनाभन्दा बढी ज्यालादारी कर्मचारी नियुक्त गरेका छन्। 'अहिले राजनीतिक कार्यकर्ता भर्तीको नांगो नाच चलिरहेको छ। कर्मचारी कटौतीको विषयमा छलफल भइरहेका बेला कुनै योजना बिना धमाधम ज्यालादारीमा नियुक्त भइरहेका छन्' स्रोतले भन्यो। 

नियुक्तिका लागि सिफारिस गरिएको फाइल बोकेर मन्त्री आलेको सचिवालयका कर्मचारीहरू दिनहुँ अध्यक्ष अधिकारीको कार्यकक्षमा धाउने गरेका छन्। 

आलेको निर्देशनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, नेपालगञ्ज विमानस्थल, धनगढी विमानस्थल, डोटी, बझाङ, साँफेबगर विमानस्थलका लागि भन्दै  कार्यकर्तालाई  नियुक्त गरिएको छ। 

आन्तरिक उडानका लागि २ वटा जहाज भएको नेपाल एयरलाइन्सले एउटा जहाज भाडामा दिएको छ। एउटा जहाजबाट आन्तरिक उडान गरिरहेको संस्थाका लागि उडान सम्भव नै नहुने ठाउँमा पनि कर्मचारी नियुक्त गरिएको छ। 

यसरी नियुक्त भएका कर्मचारीले महिनामा २० देखि २४ हजारसम्म तलब बुझ्ने गरेका छन्। कामभन्दा पनि तलब बुझ्ने प्रायोजनका लागि नियुक्ति गरिएको छ। अधिक जनशक्ति भएको नेपाल एयरलाइन्समा थप नियुक्त गरेर आर्थिक बोझमात्र थपिएको छैन। कतिपय प्राविधिक पदमा पनि हचुवाको भरमा नियुक्त गरिएको छ। 

'जहाजको लोड मास्टर पदका लागि निश्चित तालिम तथा अनुभवको आवश्कयता हुन्छ। यस्ता पदमा पनि तजबिजमा नियुक्त गरिएको छ। एयरलाइन्सलाई आर्थिक बोझमात्र होइन प्राविधिक रुपमा पनि कमजोर बनाउने काम भइरहेको छ' एक उच्च अधिकारीले भने। 


प्रकाशित : बुधबार, वैशाख ७ २०७९०६:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend