बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

बजारको वियरिस ट्रेण्ड : दुई दिन उच्च अंकले घट्दा एक दिन बढ्यो, कति अंकमा लाग्ला टेको?

मंगलबार, वैशाख ६ २०७९
बजारको वियरिस ट्रेण्ड : दुई दिन उच्च अंकले घट्दा एक दिन बढ्यो, कति अंकमा लाग्ला टेको?

काठमाडौं- पछिल्लो सयमको कारोबार रकम र घट्दो अंकलाई हेर्दा बजार वियरिस ट्रेण्डमा जान थालेको देखिन्छ। नयाँ वर्ष २०७९ सुरु भएपछि पनि हरेक दिन कारोबार रकम सहित अंक पनि लगातार घटिरहेको छ। सेयर बजार कहिलेबाट बढ्छ भन्न सक्ने अवस्था छैन। पछिल्लो समय एक दिन बजार बढेपछि दुई दिन घट्ने ट्रेण्ड नै चलेको छ। 

पछिल्लो समय उच्च अंकबाट बजार घट्दा थाल्दा विश्लेषकहरुले २८०० को बिन्दुमा रोकिने अनुमान गरिएका थिए। तर बजार २५०० बाट पनि तल झरेपछि लगानीकर्ता अत्तालिन थाले। जसको फलस्वरुप बजार अझै घट्दो ट्रेण्डमा पुगेको छ। 

अहिले बजार २३०० को बिन्दुबाट पनि तल झरेपछि अघिल्लो बुलमा भेट्टाएको उच्च १८०० को बिन्दुसम्म जान सक्ने अनुमानहरु हुन थालेको छ। विश्लेषकहरुले गत डिसेम्बरमा २२८१ लाई आधार अहिले पनि मानेका छन्। तर सूचकहरुले भने उक्त आधारलाई पत्याउने अवस्था छैन। 

२०७९ मा सेयर बजारले खराब सुरुवात गरेको छ। पहिलो दिनको कारोबार २९.६० अंकले घटेर २३८५.६४ बिन्दुमा आएको थियो। नयाँ वर्ष ०७९ को दोस्रो दिनको कारोबारमा पनि भारी गिरावट आएको थियो। तेस्रो दिनको कारोबारमा भने बजार पर्ख र हेरको अवस्थामा रोकिएको छ।

मंगलबार सेयर बजार १३.३७ अंकले बढेर २३५७.२४ बिन्दुमा उक्लिएको छ। मंगलबार ३२ लाख १३ हजार कित्ता किनबेच हुँदा १ अर्ब ३२ करोड रुपैयाँको मात्रै कारोबार भएको हो। 

सोमबार ४१.७७ अंकले घटेर नेप्से परिसूचक २३४३.८७ बिन्दुमा आइपुगेको थियो भने कारोबार १ अर्ब ५३ करोडमा खुम्चिएको थियो। साताको पहिलो दिन आइतबार कारोबार रकम १ अर्ब ४४ करोड रूपैयाँमा सीमित भएको थियो। २०७८ को अन्तिम कारोबार दिन नेप्से ३०.२४ अंकले बढेर बन्द भएको थियो। नयाँ वर्षसँगै सेयर बजार बढ्ने अनुमानकाबीच उच्च अंकले लगातार घटिरहेको हो।

वर्षको अन्तिम दिन ३०.२४ अंकले बढेर २४१५.२४ बिन्दुमा पुगेको थियो। अन्तिम दिन कारोबार रकम भने खासै धेरै नभएकोले बजार सकारात्मक हुनेमा भने आशंका उत्पन्न भएको थियो। उक्त दिन पनि लगातर तीन दिन घटेर अन्तिम दिनको कारोबार बढेको थियो। 

गत भदौ २ गतेको ३१९९ बाट अघिल्लो बुलमा रहेको १८०० बिन्दु समाउने संकेतहरु देखिएको छ। सोही कारण पनि सेयर बजारबाट उम्कने प्रयासमा लगानीकर्ताहरु रहेका छन्। लगातार घटिरहेको सेयर बजारमा २०७८ सालको अन्तिम दिन भने घट्ने क्रम रोकिएर दोहोरो अंकले वृद्धि भएको थियो। वर्षको अन्तिम दिन बुधबार नेप्से ३०.२४ अंकले बढेर २४१५.२४ बिन्दुमा रोकिएको थियो। 

अघिल्लो साताको मंगलबार भने बजार ३४.७८ अंकले घटेर २३८५.०२ बिन्दुमा आइपुगेको थियो। मंगलबार १ अर्ब ५२ करोड रुपैयाँको मात्र कारोबार भएको थियो। जहाँ १३ कम्पनीको सेयर मूल्य बढ्दा १७७ कम्पनीको मूल्य घटेको थियो। 

त्यस्तै अघिल्ला साताको सोमबार ४४.६४ अंकको गिरावट आएको थियो। ४४.५६ अंकले घटेर बजार २४१९.८० बिन्दुमा झरेको थियो। सोमबार २ अर्ब २६ करोड रूपैयाँको कारोबार भएको थियो। गएको साता कारोबारको चार दिन बजार घटेपनि अन्तिम दिन बिहीबार भने बजारमा हरियाली छाएको थियो।


प्रकाशित : मंगलबार, वैशाख ६ २०७९०९:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend