बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

'आइएमई  पे'बाट हवाइ टिक काट्दा क्यासब्याकदेखि छुटसम्म 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख ६ २०७९
'आइएमई  पे'बाट हवाइ टिक काट्दा क्यासब्याकदेखि छुटसम्म 

कम्पनीले हवाई उडान टिकटमा ५० प्रतिशतसम्मको छुटदेखि लिएर नेपालको गण्तव्यको फ्री हवाइ टिकट प्रदान गर्ने जस्ता योजना ल्याउने गरेको छ।

काठमाडौं- 'आइएमई  पे' ग्राहक लक्षित अफर ल्याएको छ।  

हवाइ उडानको टिकटको भुक्तानी आइएमई  पेबाट गर्दा क्यासब्यक दिने योजना सार्वजनिक भएको छ। 

कम्पनीले दिएको जानकारी अनुसार आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने सेवाग्राहीहरुले क्यासब्याकको साथै अतिरिक्त ३ सय रुपैयाँसम्म छुट पाइने छ। 

कम्पनीले हवाई उडान टिकटमा ५० प्रतिशतसम्मको छुटदेखि लिएर नेपालको गण्तव्यको फ्री हवाइ टिकट प्रदान गर्ने जस्ता योजना ल्याउने गरेको छ।  

पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने सेवाग्राहीहरुले मात्र यो अफर मार्फत छुट पाउनेछन् भने फर्स्ट टाईम युजर्सहरुले आइएमई पे एपको पूर्व उल्लेखित क्यासब्याकको साथै ३०० रुपैयाँ अतिरिक्त छुट पाउनेछन् । 


प्रकाशित : मंगलबार, वैशाख ६ २०७९०७:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend