बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

ग्रीन भेन्चर्सको आजबाट दोस्रो बजारमा कारोबार, ओपनिङ कारोबार कतिमा खुल्यो?

मंगलबार, वैशाख ६ २०७९
ग्रीन भेन्चर्सको आजबाट दोस्रो बजारमा कारोबार, ओपनिङ कारोबार कतिमा खुल्यो?

काठमाडौं- ग्रीन भेन्चर्स लिमिटेडका लगानीकर्ताले मंगलबारदेखि कारोबार गर्न पाउने भएका छन्। मंगलबार प्रि-ओपनिङमा कारोबार भएसँगै आजबाट कारोबार खुलेको हो। सोमबार प्रि-ओपनिङमा कारोबार नहुदाँ रोकिएको थियो। मंगलबार २७१.१० प्रतिरुपैयाँमा ओपनिङ कारोबार खुलेको हो। 

कम्पनीले दुई साता अगाडि आईपीओ बाँडफाँट भएको थियो। गोलाप्रथामार्फत २ लाख ८७ हजार ५०० जनाले १० कित्ताका दरले सेयर पाएका छन्। कुल २१ लाख ११ हजार ६४९ जनाले आवेदन दिएकामा ५ हजार १३३ जनाको आवेदन रद्द भएको थियो। रितपूर्वक आवेदन दिएका २१ लाख ६ हजार ५१६ जना आवेदकलाई गोला प्रथामा सहभागी गराइएको हो। 

ग्रीन भन्चर्सले चैत ८ गतेबाट ११ गतेसम्म सर्वसाधारणका लागि २८ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ ९१.८६ रुपैयाँ रहेको छ। 

विशाल र त्रिवेणी ग्रुपको लगानी

कम्पनीमा विशाल र त्रिवेणी ग्रुपको लगानी भएकोले पनि सेयर मूल्य माथीसम्म पुर्‍याउने देखिन्छ। कम्पनीमा सांघाई र बिशाल ग्रुपको लगानी रहेको छ।

ग्रीन भेन्चर्स लिमिटेड कम्पनी ऐन,२०६३ २०६१ साल मंसिर २२ गते प्राइभेट लिमिटेड कम्पनीको रूपमा दर्ता भइ कारोबार संचालन गर्दै आएककोमा २०७५ साल फागुन १३ गतेदेखि कम्पनी ऐन, २०६३ बमोजिम पब्लिक लिमिटेड कम्पनीमा परिणत भइ कारोबार संचालन गरी रहेको छ। 

नेपालमा रहेको जलश्रोतको उपयोग गरी जलविद्युत आयोजनाहरूको पहिचान गरी संभाव्यता अध्ययन, निर्माण र संचालन गर्ने अभिप्रायले निजी क्षेत्रका उद्यमीहरू मिलेर स्थापना भएको संस्था हो।

ग्रीन भेन्चरले ५२.४ मेगावाट क्षमताको लिखु-४ आयोजना बनाउने अनुमति पाएको थियो। २०७४ बाट आयोजनाको काम सुरु गरेको कम्पनील काम सम्पन्न गरिसकेको छ। उत्पादनको काम सुरु गर्ने तयारीमा रहेको छ। आयोजनाको लागत १२ अर्ब ८ करोड रुपैयाँ रहेको छ।

कम्पनीको सञ्चालकमा गोविन्द संघई, वीरेन्द्र कुमार संघई, नितेश अग्रवाल, सुभाष चन्द्र संघई, रामचन्द्र संघई, विशाल आग्रवाल, अनुज अग्रवाललगायत २८ जना संस्थापक सेयरधनी रहेका छन्। यस कम्पनीको संचालक समितिमा ७ जना सदस्य रहने व्यवस्था छ। सुभाष चन्द्र संघई यस संस्थामा अध्यक्षको रुपमा कार्यरत छन्। 


प्रकाशित : मंगलबार, वैशाख ६ २०७९०५:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend