बुधबार, वैशाख २६ गते २०८१    
images
images

विद्युतीय सवारी चार्जिङ पूर्वाधार निर्माणमा निजी क्षेत्र आक्रामक 

images
बिजनेस न्युज
images
images
विद्युतीय सवारी चार्जिङ पूर्वाधार निर्माणमा निजी क्षेत्र आक्रामक 

विद्युतीय कारको बिक्री बढेसँगै आयातकर्ता कम्पनीहरुले फास्ट चार्जरको स्थापना पनि बढाउँदै गएको छन्।

images
images

काठमाडौं- विद्युतीय सवारीलाई प्रवद्र्धन गर्ने सरकारी नीतिसँगै विद्युतीय सवारीको आयात तथा प्रयोग तीब्र रुपमा बढिरहेको छ। निजी कारमात्र होइन दुईपांग्रेदेखि ठूला बससम्म विद्युतीय आउन थालेका छन्। 

images
images
images

विद्युतीय सवारीको आयात तीब्र रुपमा बढेसँगै यसका लागि अत्यावश्यक मानिएको चार्जिङ पूर्वाधारको निर्माणमा भने त्यति धेरै काम हुन सकिरहेको छैन। सरकारले नीतिगत सहजीकरण गरिरहेको भएपनि आफैले भने चार्जिङ स्टेसनलगायत पूर्वाधा निर्माणमा ध्यान दिएको छैन। विद्युत प्राधिकरणले भने ५० स्थानमा चार्जिङ स्टेसन निर्माण गरिरहेको छ। 

images

हाल नेपाली बजारमा सबैभन्दा धेरै बिक्री भएको विद्युतीय सवारीमा निजी कार रहेको छ। त्यसपछि विद्युतीय स्कुटर तथा मोटरसाइकल, विद्युतीय रिक्सा बिक्री हुने गरेको छ। पछिल्लो केही कम्पनीले साना कमर्सियल सवारी, पिकअप पनि विद्युतीयमा ल्याउन थालेका छन्। सीमित संख्यामा ठूला विद्युतीय बस समेत सञ्चालन हुँदै आएको छ। 

images

साझा यातायातले ४० वटा विद्युतीय बस खरिद गर्न गरेको टेन्डरअनुसार ३ वटा बस काठमाडौं आउने क्रममा रहेको छ। यी बस सञ्चालनमा आउनुपूर्व चार्जिङ स्टेसनलगायत पूर्वाधार विद्युतीय बस आपूर्तिकर्ता कम्पनीले नै निर्माण गरिदिने छ। 

images
images

विद्युतीय कारको बिक्री बढेसँगै आयातकर्ता कम्पनीहरुले फास्ट चार्जरको स्थापना पनि बढाउँदै गएको छन्। काठमाडौं वा सहरी क्षेत्रमा मात्रै इभी चलाउने हो भने घरमा राखिने चार्जरबाट चार्ज गर्दा नै पर्याप्त हुन्छ। सहरमा मात्र चलाउने हो भने दिनको औषत १ किलोमिटरभन्दा कम चल्ने गर्छ।

जसका लागि बीचमा चार्ज गर्न आवश्यक पर्दैन। तर, हाइवेमा विद्युतीय कार चलाउने हो भने कम्तीमा पनि ३/४ सय किलोमिटरको रेन्ज आवश्यकता पर्छ। यसका लागि हाइवेको निश्चित दुरीमा विद्युतीय सवारीको फास्ट चार्जर अनिवार्य हुनुपर्छ। जसले विद्युतीय सवारीको स्वीकार्यता बढाउँछ। 

नेपालमा हुन्डाई, टाटा, एमजी, किया महिन्द्रा, दिगोलगायत कम्पनीले विद्युतीय कार बिक्री गर्दै आएका छन्। यी नै कम्पनीहरुले विद्युतीय कारका लागि आवश्यक पर्ने चार्जिङ स्टेसनहरु उपत्यकासहित देशका हाइवे तथा अन्य ठाउँहरुमा निर्माणलाई तीब्रता दिएका छन्। त्यसमा पनि टाटा र हुन्डाई विद्युतीय कारका लागि चाहिने चार्जिङ स्टेसन बनाउन आक्रामक रुपमा लागिपरेका छन्। 

हुन्डाई मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले सबै स्थानलाई समेट्नेगरी अहिलेसम्म देशका विभिन्न ४० स्थानमा चार्जिङ स्टेसन स्थापना गरिसकेको जनाएको छ। 

कम्पनीले बिक्री गर्ने विद्युतीय कारको बढ्दो मागसँगै लक्ष्मी इन्टरकन्टिनेन्टलले विद्युतीय सवारीसाधनको लागि आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिता दिएको हो। 

घरमै हुने चार्जर वा थोरै क्षमताको चार्जरले धेरै समय लाग्ने भएकाले हाइवेमा कुरेर बसिरहन सम्भव हुँदैन। त्यसैले ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै विद्युतीय कारको स्वीकार्यता बढाउन टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले विद्युतीय कार बिक्री सुरु गर्नुअगावै चार्जिङको पूर्वाधार बनाउन थालेको थियो। 

सिप्रदीले हालसम्म १० स्थानमा फास्ट चार्जर जडान गरिसकेको र अन्य स्थानमा बनाउने क्रममा रहेको छ। कम्पनीले काठमाडौं आउने विद्युतीय कारलाई लक्षित गरी धार्केमा फास्ट चार्जर स्थापना गरिसकेको छ। उक्त चार्जरले पोखरा तथा नारायणगढबाट काठमाडौं आउने विद्युतीय कार प्रयोगकर्तालाई समेत सहज बनाएको छ। 

हुन्डाईको विद्युतीय गाडी चढ्ने ग्राहकहरुलाई दुरीको यात्रा गर्न सक्ने बनाउन देशका विभिन्न स्थानमा चार्जिङ स्टेसनहरु स्थापना गरिरहेको छ। नेपालको सबै राजमार्ग र स्थानीय रुटहरुमा पेट्रोल पम्पको एथेस्ट उपलब्धता भएता पनि विद्युतीय सवारी चार्जिङ स्टेसन नभएकोले कम्पनीले क्रमिकरुपमा चार्जिङ नेटवर्क विस्तार गर्दै जाने जनाएको छ। 

हुन्डाईले निर्माण नयाँ चार्जिङ स्टेसनले चालकहरुलाई ढुक्क भएर यात्रा गर्न सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ। हुन्डाईका चार्जिङ स्टेसनहरु मोबाइल फोन चार्ज गरे जतिकै सजिलोसँग गाडी चार्ज गर्न सकिने दाबी कम्पनीको छ।

सिप्रदीले यसअघि कुरिनटारको सिद्धार्थ रिभर्स साइड रिसोर्टमाा पनि यस्तै फास्ट चार्जरको स्थापना गरिसकेको छ। यसका अलावा पश्चिमतर्फको हाइवे समेट्ने गरी नारायणगढ, पोखरा, हेटौडा र भैरहवामा डीसी फास्ट चार्जर जडान गरिसकेको छ।

त्यस्तै सिप्रदीले काठमाडौको बागडोल र रत्नपार्क तथा पूर्व तर्फ मुलकोट र इटहरीमा पनि फास्ट चार्जर जडान गरिसकेको छ। कम्पनीले अन्य ६ स्थानमा डीसी फास्ट चार्जर जडान गरिसकेको जनाएको छ। सिप्रदीले मुख्य हाइवेको १५० किलोमीटरमा यस्तो फास्ट चार्जर जडान गर्ने योजनासहित काम गरिरहेको छ। यसका अलावा देशभरीको ५० भन्दा बढि होटल र सहरहरुमा एसी चार्जर स्थापना गरिसकेको जनाएको छ।

यसैगरि हुन्डाईले पहिलो चरणको ४० चार्जिङ स्टेसन निर्माण सकेकोले निकट भविष्यमै अरु नयाँ स्थानमा पनि चार्जिङ स्टेसन विस्तार गर्ने लक्ष्य लिएको छ। लक्ष्मी इन्टरकन्टिनेन्टलको अहिले देशका प्रमुख सहरहरुमा १२ वटा डिलर तथा १८ वटा सर्भिस सेन्टरबाट ग्राहकलाई सेवा दिइरहेको छ। 

नेपाली बजारमा विद्युतीय कार बिक्री गर्ने अन्य कम्पनीहरुले समेत चार्जिङ स्टेसन निर्माणका लागि काम गरिरहेका छन्। एमजीले पनि उपत्यकासाथै अन्य सहरमा पनि पूर्वाधार निर्माण गरिरहेको छ। त्यस्तै बीवाईडी, महिन्द्रा, किया पनि पूर्वाधार बनाइरहेको छ। दिगोले पनि मूलकोट, कुरिनटारलगायत स्थानमा चार्जिङ पूर्वाधार बनाइसकेको छ। 

लुम्बिनीमा पनि जापान सरकारको सहयोगमा ठूला विद्युतीय बसका लागि सोलार चार्जिङ स्टेसन बनाइसकेको छ। त्यस्तै सीजी मोटर्स पनि होजोन ब्रान्डका विद्युतीय कार ल्याउने क्रममा रहेको छ। त्यसैले कम्पनीले पनि चार्जिङ स्टेसन निर्माणका काम सुरु गरिसकेको जनाएको छ।

images

प्रकाशित : ०१:४१
प्रतिक्रिया दिनुहोस