शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

पर्यटकलाई नगद डलर बोक्ने उर्दीको विरुद्धमा पर्यटन व्यवसायी

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख ५ २०७९
images
पर्यटकलाई नगद डलर बोक्ने उर्दीको विरुद्धमा पर्यटन व्यवसायी

विज्ञप्तीमा नेपाल आउने पर्यटकहरुलाई प्रभावित गर्ने यस्ता सूचनाहरु बारम्बार छोटो समयमा जारी भइरहदा पर्यटकहरुलाई थप जटिलता थप्ने तर्पm सचेत रहन पनि अनुरोध गरिएको छ।

images
images

काठमाडौं-पर्यटन व्यवसायीहरुले अध्यागमन विभागले विदेशी पर्यटकलाई नगद नै रकम ल्याउन गरेको उर्दीको विरोध गरेका छन्। व्यवसायीहरुले तत्काल एटिएम मेसिन सञ्चालनमा ल्याउन आग्रह समेत गरेका छन्। 
 
नेपाल भ्रमणमा आउने पर्यटकहरुका लागि अन अराइभल भिसा शुल्कमा समेत डेविट, भिसा लगायत कार्डको प्रयोग गर्ने व्यवस्था गर्न माग समेत गरेका छन्। 

images
images
images

नेपाल एसोशिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), होटल संघ नेपाल (हान), ट्रेकिङ ऐजेन्सिज ऐसोशिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण संघ र नेपाल एसोशीएसन अफ राप्mटिङ एजेन्सिज्ले संयुक्त विज्ञप्ती निकालेर विरोध जनाएका हुन्।                       

images
images

विज्ञप्तीमा नेपाल आउने पर्यटकहरुलाई प्रभावित गर्ने यस्ता सूचनाहरु बारम्बार छोटो समयमा जारी भइरहदा पर्यटकहरुलाई थप जटिलता थप्ने तर्पm सचेत रहन पनि अनुरोध गरिएको छ।

images
images

यस किसिमको निर्णयहरु गर्दा पर्यटन व्यवसायीहरुको राष्ट्रिय संस्थाहरु तथा सरोकारवालाहरुसंग परामर्श नगरि गर्ने प्रचलनबाट पर्यटन व्यवसाय थप प्रभावित हुने समेत विज्ञप्तीमा उल्लेख गरिएको छ। 

 


प्रकाशित : सोमबार, वैशाख ५ २०७९१२:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend