बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

दोस्रो बजारका चार ठूला कम्पनीको सेयर मूल्य एकवर्ष यताकै सस्तो, कुनको किन्दा के फाइदा ?

मंगलबार, वैशाख ६ २०७९
दोस्रो बजारका चार ठूला कम्पनीको सेयर मूल्य एकवर्ष यताकै सस्तो, कुनको किन्दा के फाइदा ?

काठमाडौं- २०७९ मा सेयर बजारले खराब सुरूवात गरेको छ। पहिलो दिनको कारोबार २९.६० अंकले घटेर २३८५।६४ बिन्दुमा आएको थियो।

नयाँ वर्ष ०७९ को दोस्रो दिनको कारोबारमा पनि भारी गिरावट आएको छ। सोमबार ४१.७७ अंकले घटेर नेप्से परिसूचक २३४३.८७ बिन्दुमा आइपुगेको छ। कारोबार रकम १ अर्ब ५३ करोडमा खुम्चिएको छ। ११ कम्पनीको सेयर मूल्य बढ्दा १८२ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। साताको पहिलो दिन आइतबार कारोबार रकम १ अर्ब ४४ करोड रूपैयाँमा सीमित भएको थियो। 

दोस्रो बजारका ठूला चार कम्पनी नबिल बैंक, नेपाल टेलिकम, निफ्रा र नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य एक वर्ष यताकै सस्तो भएका छ। जसका कारण पैसा हुनेहरुका लागि लगानीको अवसर आएको छ। 

नबिल बैंक

वाणिज्य बैंकहरुमा सबैभन्दा आकर्षक नबिल बैंकको सेयर मूल्य पनि एक वर्ष यताकै सस्तो भएको छ। सोमबार प्रति कित्ता १५ रुपैयाँ घटेर ९५६ रुपैयाँमा कारोबार भएको छ।  

nabil 111.PNG

बैंकको सेयर मूल्य यसअघि बढेर १७४० रुपैयाँसम्म पुगेको थियो। समायोजना हुँदा ९८५ रुपैयाँमा भएको थियो। बैंकको चुक्ता पुँजी १८ अर्ब ३७ करोड पुगेको छ। बजार पुँजीकरण १ खर्ब ७६ अर्ब रुपैयाँ रहेको छ। सोमबार धेरै कारोबार हुने सूचीको पहिलो नम्बरमा नबिल बैंक परेको छ। 

निफ्रा

सेयर बजारमा सूचिकृत भएको मध्ये ठूलो कम्पनी नेपाल इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा) को सेयर मूल्य पनि बढ्न सकेको छैन। सोमबार प्रतिकित्ता १० रुपैयाँले घटेर ३०० मा कारोबार भएको छ। 

nifra 1.PNG

उत्कृष्ट नाफा र आईपीओ जारी गरेकै वर्ष उच्च लाभांश दिँदा पनि निफ्रा को सेयर मूल्य खासै बढ्न सकेको छैन। दोस्रो बजारमा कारोबार सुरु हुँदा लगातार बढेको ७२६ रुपैयाँसम्म पुगेको सेयर मूल्य प्रतिकित्ता २६८ रुपैयाँमा आइपुगेको थियो। पछिल्लो समय कम्पनीको सेयर मूल्य लगातार घटिरहेको छ। कम्पनीको बजार पुँजीकरण घटेर ६४ अर्बमा आइपुगेको छ। 

नेपाल लाइफ

दोस्रो बजारको ‘ब्लुचिप’ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य लगातार घटिरहेको छ। सोमबार प्रतिकित्ता ११ रुपैयाँले घटेर ९४४ रुपैयाँमा आइपुगेको छ।

nepal life.PNG

५२ हप्ताअगाडि २२४७ रुपैयाँमा अधिकतम मूल्यमा सेयर कारोबार भएको थियो। भने न्युनतम ९२७ रुपैयाँमा कारोबार भएको थियो।  कम्पनीको बजार पुँजीकरण ७७ अर्ब १५ करोडमा झरेको छ।

नेपाल टेलिकम 

लाभांशपछि लगातार घटिरहेको नेपाल टेलिकमको सेयर मूल्य लगातार घटिरहेको छ। टेलिमकको सेयर मूल्य प्रतिकित्ता ३५ रुपैयाँले घटेर १०१५ रुपैयाँ ओर्लिएको छ। 

ntc 1.PNG

कम्पनीको सेयर मूल्य केही समय अगाडि बढेर १७९९.९० रुपैयाँसम्म पुगेको थियो भने घटेर ९७२ रुपैयाँसम्म आएको थियो। घटेर बढेको सेयर मूल्य पुनः घट्न थालेको छ।इतिहासमै पहिलो पटक २० प्रतिशत सेयर र २० प्रतिशत नगद गरी ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरे पनि सेयर मूल्य घटिरहेको छ।

ठूला लगानीकर्ताले सूचना चुहाएर सेयर मूल्य बढाउने र लाभांश घोषणापछि बिक्री गरेर बाहिरिँदा सेयर मूल्य लगातार घटिरहेको आरोपसमेत लागेको थियो। कम्पनीको सूचना चुहाएर एक वर्षयताकै महँगो मूल्य १७९९ रूपैयाँसम्म सेयर मूल्य पुगेको आरोपसमेत विज्ञहरूले लगाएका थिए। पछिल्लो ५२ हप्तामा टेलिकमको ९ सय ७२ रुपैयाँ न्यूनतम मूल्यमा कारोबार भएको थियो। 

कम्पनीको बजार पुँजीकरण १ खर्ब ८२ अर्ब रुपैयाँमा झरेको छ। गत एक साता अगाडि २ खर्ब ५७ रुपैयाँ रहेको थियो। 

 

 


प्रकाशित : मंगलबार, वैशाख ६ २०७९००:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend