बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

हायात प्लेस र कालिञ्चोक केबलकार सहित तीन कम्पनीले ५७ लाख कित्ता आईपीओ जारी गर्ने

सोमबार, वैशाख ५ २०७९
हायात प्लेस र कालिञ्चोक केबलकार सहित तीन कम्पनीले ५७ लाख कित्ता आईपीओ जारी गर्ने

काठमाडौं- नेपाल धितोपत्र बोर्डमा तीन कम्पनीले आईपीओ निष्कासनका गर्न अनुमतीको लागि आवेदन दिएका छन्। बोर्डमा कालिञ्चोक दर्शन लिमिटेड, हाथवे इन्भेष्टमेन्ट नेपाल र सिटी होटल लिमिटेडले आवेदन दिएका हुन्।

तीन कम्पनीले ४३ करोड ३६ लाख ५० हजार रुपैयाँ बराबरको ५७ लाख ९९ हजार कित्ता आईपीओ जारीका लागि आवेदन दिएका छन्। 

हाथवे इन्भेष्टमेन्ट नेपालले आइपीओ निष्कासनको लागि १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता आईपीओ ल्याउन लागेको हो।

गोल्यान समूहको होटल हायात प्लेसले सर्वसाधारणमा सेयर जारी गर्ने भएको छ। होटलले १६ करोड ७४ लाख रूपैयाँ बराबरको सेयर जारी गर्ने भएको हो। हायात प्लेसको प्रवर्द्धक कम्पनी सिटी होटल लिमिटेड सेयर निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको थियो। 

यस्तै कालिन्चोक दर्शनले १२ लाख कित्ता आईपीओ निष्कासनको अनुमति मागेको छ। कम्पनीले आयोजना प्रभावितका लागि पनि आईपीओ निष्कासन गर्नेछ। बोर्डका अनुसार कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन अनुमति माग भएको हो।


प्रकाशित : सोमबार, वैशाख ५ २०७९०८:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend