बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

एनआईसी र नबिललाई उछिन्दै ग्लोबल आईएमई बैंक नाफा कमाउनेमा लगातार पहिलो, कुन बैंकले कति कमाए?

सोमबार, वैशाख ५ २०७९
एनआईसी र नबिललाई उछिन्दै ग्लोबल आईएमई बैंक नाफा कमाउनेमा लगातार पहिलो, कुन बैंकले कति कमाए?

तेस्रोमा रहेको नबिलले ३ अर्ब ४ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ।

काठमाडौं- चालु आर्थिक वर्षको फागुनसम्म आइपुग्दा ग्लोबल आईएमई बैंकले नाफा कमाउनेमा लगातार पहिलो भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २७ वाणिज्य बैंकहरुले ४६ अर्ब ८६ करोड ५४ लाख रुपैयाँ नाफा कमाउँदा ग्लोबल आईएमई बैंकले ३ अर्ब ४६ करोड २५ लाख नाफा कमाएर पहिलो भएको हो। त्यस्तै एनआईसी एसिया बैंकले ३ अर्ब २९ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ। 

तेस्रोमा रहेको नबिलले ३ अर्ब ४ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ। राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ६५ करोड ५१ लाख, प्राइम कमर्सियल बैंकले २ अर्ब ५६ करोड ७० लाख, एनएमबी बैंकको २ अर्ब २२ करोड १० लाख, नेपाल इन्भेष्टमेन्ट बैंक २ अर्ब १५ करोड ९० लाख रुपैयाँ, सिद्धार्थ बैंकको २ अर्ब ४ करोड २४ लाख, नेपाल बैंकले २ अर्ब २४ लाख, कृषि विकास बैंक १ अर्ब ८० करोड ५३ लाख नाफा कमाएका छन्। 

मेगा बैंकले १ अर्ब ६८ करोड ६५ लाख, प्रभु बैंकले १ अर्ब ६६ करोड २६ लाख रुपैयाँ नाफा गर्दा कुमारी बैंक १ अर्ब ६६ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ। त्यस्तै सिटिजन्स बैंकले १ अर्ब ४५ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको हो।  

सानिमाले १ अर्ब ४१ करोड ९० लाख नाफा कमाउँदा एनसीसीले १ अर्ब ३९ करोड ८३ लाख नाफा कमाएको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ३९ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ। 

माछापुछ्रे बैंकले १ अर्ब ३६ करोड ४२ लाख, हिमालयन १ अर्ब २९ करोड ३० लाख, एभरेष्ट बैंकले १ अर्ब २२ करोढ १४ लाख रुपैयाँ नाफा कमाएको छ। लक्ष्मी बैंकले १ अर्ब १५ करोढ ५९ करोड, नेपाल एसबीआई १ अर्ब १४ करोड ३० लाख रुपैयाँ, सनराइज बैंकले  १ अर्ब १३ करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ। 

बैंक अफ काठमाडाैंले १ अर्ब १० करोड ६८ लाख एनबीले १ अर्ब ३ करोड २९ लाख र सेञ्चुरीले ९२ करोड ६७ लाख रुपैयाँ नाफा गर्दा सिभिल बैंकले ७३ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको हो। 


प्रकाशित : सोमबार, वैशाख ५ २०७९०६:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend