आइतबार, मंसिर ९ गते २०८१    
images
images

गभर्नर अधिकारीको रिट सर्वोच्चमा दर्ता

images
आइतबार, वैशाख ४ २०७९
images
images
गभर्नर अधिकारीको रिट सर्वोच्चमा दर्ता
images
images

काठमाडौं- निलम्बित गर्भनर महाप्रसाअ अधिकारीले दायर गरे रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। सर्वाेच्चले रिट दर्ता गर्दै मंगलबारको लागि पेसी तोकेको छ।

images
images
images

गत चैत २४ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेपछि यसविरुद्ध उनी सर्वोच्च अदालतमा रिट लिएर गएका थिए। निलम्बित गभर्नर अधिकारी सरकारी निर्णय विरुद्ध अदालत गएका हुन।  

images

अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका हुन। 

images

यता राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गत साता सरकारले गरेको निलम्बनको नेपाल राष्ट्र बैंक कर्मचारी संघले विरोध गरेको छ।

केन्द्रीय बैंकको स्वायत्तता माथिको नांगो हस्तक्षेप बन्द गर, अधिकारीमाथि सुरू गरिएको कारबाही प्रक्रिया अविलम्ब फिर्ता गर, भन्ने नारासहित कार्यालयको मुख्य भवन अघि कालो ब्यानर टाँगिएको छ।

संघका अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले राज्यका सञ्चालकहरु वित्तीय प्रणालीको दुरुपयोग गरी गलत क्रियाकलापमा लिप्त वित्तीय माफियाहरूको चंगुलमा फस्दा राष्ट्र बैंकको नेतृत्व माथि आक्रमण हुने गरेको बताए। संघले बिरोध स्वरूप आइतबार कार्यालय खुलेसँगै कोण सभा आयोजना गरेको थियो।

२४ चैतको मन्त्रिपरिषद बैठकले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो। अधिकारी निलम्बनको लागि हाल पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा जाँचबुझ समिति गठन गरिएको छ। समितिले हालसम्म सरकारलाई प्रतिवेदन बुझाएको छैन।

 


प्रकाशित : आइतबार, वैशाख ४ २०७९१४:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend