बुधबार, वैशाख २६ गते २०८१    
images
images

गाडीको एलसी रोक केही समयका लागि हो, नआत्तिनु होला : अर्थमन्त्री

images
images
images
गाडीको एलसी रोक केही समयका लागि हो, नआत्तिनु होला : अर्थमन्त्री
images
images

काठमाडौं- आइतबार नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले अर्थ मन्त्री जनार्दन शर्मासँग भेटेको छ। मन्त्री शर्माले निजी सवारीसाधन आयातमा केही समयका लागि मात्रै कडाई गरिएकाले नअत्तालिन सुझाव दिए। 

images
images
images

अहिले देशको अर्थतन्त्र अलि दबाबमा रहेकाले केही समय संयमता अपनाउन अर्थमन्त्री शर्माले आग्रह गरेका छन्। ‘यो बेला सबैले मिलेर अर्थतन्त्र विकासको काम गर्नुपर्ने बेला हो,’ उनले भने, ‘निजी सवारी साधन आयातमा गरिएको कडाईप्रति आपत्ती नजनाउनुहोला।’ अहिलेको अवस्था केही समयका लागि मात्र भएकाले संयम हुन व्यवासयीलाई आग्रह गरेका हुन्। 

images

अर्थतन्त्रका बारेमा अनावश्यक टिप्पणी भइरहेको भन्दै सुदृढ आर्थिक व्यवस्थाका लागि सरकार क्रियाशील भइरहेको उनले बताए। अहिले अर्थतन्त्रका नाममा राजनीतिकरण भइरहेको र यो सर्वथा गलत हो भन्दै उपस्थित नाडा प्रतिनिधिहरुलाई संस्थागत ढंगले नै अर्थतन्त्रको बास्तविक अवस्थाबारे प्रकाश पार्न पनि आग्रह गरे। 

images

उक्त भेटघाटमा अध्यक्ष थापाले हालै नाडाले संकलन गरेको तथ्यांक प्रस्तुत गर्दे ३ खर्ब ५० अर्बभन्दा बढीको लगानी रहेको, हरेक वर्ष १ खर्ब ५० अर्बभन्दा बढी राजस्वमा योगदान पुर्‍याउदै आएको र देशको प्रत्यक्ष रोजगारीमा हाल ९८ हजारभन्दा बढीलाई अवसर दिएको बताए। सोही क्रममा अध्यक्ष थापाले प्रतितपत्र खोल्ने सम्बन्धमा बैंक तथा वित्तीय निकायहरुले गरिरहेको अवरोध खुलाउन आग्रह गरेका थिए।

images
images

त्यसैगरी उनले काठमाडौंमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादनहरुको प्रदर्शनीका लागि उपयुक्त स्थानको अभाब रहेको हुँदा अन्तराष्ट्रिय स्तरको सुविधा सम्पन्न प्रर्दशनी स्थलको निर्माणका लागि बजेट विनियोजन गरि दिनु हुन समेत नाडाले आग्रह गरेको थियो। 

उक्त छलफलमा उपाध्यक्ष राजनबाबु श्रेष्ठले सवारी साधनहरुको आयात बन्द हुँदा देशमा पर्न सक्ने असरहरुबारे मन्त्रीलाई विस्तृत रुपमा जानकारी गराएका थिए। त्यसैगरी सो छलफलमा अर्का उपाध्यक्ष सुनिल रिजालले नेपालका सीमानाकाहरुबाट हुने स्पेयर पार्टस्को चोरी पैठारीलाई नियन्त्रण गर्न विशेष निगरानीको व्यवस्थाको लागि समेत आग्रह गरेका थिए।

सोही छलफलको क्रममा महासचिव सुरेन्द्र उप्रेतीले नेपालमा अटोमोवाइल उद्योग स्थापनाका लागि उपयुक्त वातावरण तयार गरि दिन आग्रह समेत गरेका हुन्। उक्त छलफलमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्यद्वय आकाश गोल्छा, अभिक ज्योति, निशान ढकाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधानसमेत सहभागी थिए।

images

प्रकाशित : आइतबार, वैशाख ४ २०७९०१:१६

प्रतिक्रिया दिनुहोस