आइतबार, असोज ६ गते २०८१    
images
images

आर्थिक संकटको त्रासकैबीच घरजग्गा कारोबारमा उत्साह, पूर्वमा कित्ताकाटमा रेकर्ड

images
सोमबार, वैशाख ५ २०७९
images
images
आर्थिक संकटको त्रासकैबीच घरजग्गा कारोबारमा उत्साह, पूर्वमा कित्ताकाटमा रेकर्ड

चैत महीनामा सबैभन्दा बढी कित्ताकाट झापाको दमकमा भएको छ। झापामा ३ हजार ५० साविकका कित्ताहरु काटेर ६ हजार २९१ नयाँ कित्ता कायम भएका छन्।

images
images

काठमाडौं- घरजग्गा कारोबारमा चमक आउनेक्रम रोकिएको छैन। आर्थिक संकट आउने भन्दै चर्चा चलरिहेका बेला चैत महिनामा पनि कारोबार उच्च भएको छ। चैत महिनामा ७० हजार ८२९ वटा घरजग्गा कारोबार भएको छ।  यसबापत साढे ३ अर्ब रुपैयाँ रजिष्ट्रेशन दस्तुर संकलन भएको छ। 

images
images
images

गत फागुनमा पनि सघरजग्गा कारोबारमा साउनयताकै रेकर्ड बनेको थियो। माघ महिनासम्म सुस्ताएको घरजग्गा कारोबार फागुन र चैत दुवै महिना चम्किएको हो। बैंकहरूले ऋण लगानी नगर्दा पनि फागुन र चैतमा घरजग्गा कारोबार बढेको हो। घरजग्गाको मूल्य सस्तो हुने आँकलन गरेपनि अझै त्यसको प्रवाभ परेको छैन। 

भूमि व्यवस्थापन तथा अभिलेख विभागले दिएको तथ्यांकअनुसार फागुनमा ७४ हजार ३६ घरजग्गा किनबेच भएको थियो। माघ महिनामा जम्मा ५९ हजार ५ सय १६ वटा मात्रै घरजग्गा किनबेच भएको थियो। फागुनमाको तुलनामा लिखत पारित ४ हजारले मात्रै कमी हो।

यसअघि कात्तिकमा ५० हजार घरजग्गा किनबेच भएको थियो। पुस महिनामा ७० हजार १ सय ६८ घरजग्गा किनबेच भएको थियो। बैंकहरूमा तरलता अभाव भएपछि घरजग्गा कारोबारमा मन्दी आएको थियो। लगानी गर्ने ठाउँ नपाउँदा लगानीकर्ताहरूले घरजग्गामा लगानी बढाउन थालेका छन्। जसका कारण फागुनमा कारोबार बढेको हो। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत झनै कडाइ गरेता पनि कारोबार बढेको हो। 

images

चैत महीनामा सबैभन्दा बढी कित्ताकाट झापाको दमकमा भएको छ। झापामा ३ हजार ५० साविकका कित्ताहरु काटेर ६ हजार २९१ नयाँ कित्ता कायम भएका छन्। पूर्वकै इटहरीमा ७ हजार २९६ नयाँ कित्ता कायम भएको छ। धेरै कित्ताकाट हुनेमा बेलबारी मोरङ रहेको छ। बेलबारीमा साविकका २ हजार २३७ कित्ता जग्गा टुक्र्याएर ५ हजार ७७७ नयाँ कित्ता कायम गरिएको छ। 

सबैभन्दा धेरै जग्गाको किनबेच हुने ठाउँमा नै कित्ताकाट पनि धेरै भएको पाइन्छ। पछिल्लो समय झापामा दमक र भद्रपुर, सुनसरीमा इटहरी, मोरङमा बेलबारी र विराटनगर, जनकपुर, बारा, पर्सा, चितवन, बुटवल, पोखरा, दाङ, नेपालगञ्ज, सुर्खेत र धनगढीमा घरजग्गाको सर्वाधिक कारोबार हुने गरेको छ।

बैंकवित्तीय संस्थामा तरलताको अभाव रहेको भन्दै कर्जा प्रवाह नै बन्द गरेको भए पनि चालु आवको पहिलो आठ महिनामा मात्रै  ६८ अर्ब १० करोड ६७ लाख बराबरको रकम घर कर्जामा गएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने मासिक विवरणका आधारमा व्यक्तिगत आवासकर्जा, रियलस्टेट कर्जामा ठूलो रकम प्रवाह भएको छ। केन्द्रीय बैंककाअनुसार एक करोड ५० लाखसम्मको व्यक्तिगत आवासीय कर्जामा मात्रै ३९ अर्ब चार करोड ५१ लाख र रियलस्टेट कर्जामा २९ अर्ब छ करोड १६ लाख बराबर रकम लगानी भएको छ। यो गत वर्षको तुलनामा १३.१ प्रतिशत बढी हो। गत वर्ष व्यक्तिगत आवास कर्जामा २१ अर्ब ३३ करोड २१ लाख मात्रै उपलब्ध गराइएको थियो। 

यस्तै रियल स्टेटतर्फ गत वर्ष आठ अर्ब ८६ करोड ५१ लाख बराबर प्रवाह भएको थियो। केन्द्रीय बैंकका अनुसार चालु आवको फागुन मसान्तसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाले कूल व्यक्तिगत आवास कर्जा तीन खर्ब ३७ अर्ब ३० करोड ५७ लाख र रियल स्टेटतर्फ दुई खर्ब १२ अर्ब ६७ करोड बराबर लगानी गरेका छन्। यस आधारमा हेर्दा घर जग्गामा मात्रै बैंक तथा वित्तीय संस्थाले पाँच खर्ब ४९ अर्ब ९८ करोड ४२ लाख बराबरको ऋण लगानी गरेको देखिन्छ।
 
घर जग्गामा लगानी हुने रकमलाई अनुत्पादक भनिए पनि लगानीको मात्रा भने बढ्दै गएको देखिन्छ। विप्रेषण, बैंक तथा वित्तीय संस्थामा संकलन हुने निक्षेपसमेत घर जग्गामा लगानी हुँदा औद्योगिक लगानी भने विस्तार हुन सकेको छैन।


प्रकाशित : सोमबार, वैशाख ५ २०७९०४:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend