बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

२०७९ को पहिलो कारोबार दिनमै टेलिकमको सेयर मूल्यमा किन घट्यो उच्चदरमा?

आइतबार, वैशाख ४ २०७९
२०७९ को पहिलो कारोबार दिनमै टेलिकमको सेयर मूल्यमा किन घट्यो उच्चदरमा?

काठमाडौैं- लाभांशपछि लगातार घटिरहेको नेपाल टेलिकमको सेयर मूल्य लगातार घटिरहेको छ। नयाँ साल २०७९ को पहिलो कारोबार दिनमै प्रतिकित्ता १६ रुपैयाँले घटेको हो। टेलिमकको सेयर मूल्य घटेर १०५० रुपैयाँ ओर्लिएको छ। 

कम्पनीको सेयर मूल्य केही समय अगाडि बढेर १७९९.९० रुपैयाँसम्म पुगेको थियो भने घटेर ९७२ रुपैयाँसम्म आएको थियो। घटेर बढेको सेयर मूल्य पुनः घट्न थालेको छ।

telicome.PNG

इतिहासमै पहिलो पटक २० प्रतिशत सेयर र २० प्रतिशत नगद गरी ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरे पनि सेयर मूल्य घटिरहेको छ।

ठूला लगानीकर्ताले सूचना चुहाएर सेयर मूल्य बढाउने र लाभांश घोषणापछि बिक्री गरेर बाहिरिँदा सेयर मूल्य लगातार घटिरहेको आरोपसमेत लागेको थियो। कम्पनीको सूचना चुहाएर एक वर्षयताकै महँगो मूल्य १७९९ रूपैयाँसम्म सेयर मूल्य पुगेको आरोपसमेत विज्ञहरूले लगाएका थिए। पछिल्लो ५२ हप्तामा टेलिकमको ९ सय ७२ रुपैयाँ न्यूनतम मूल्यमा कारोबार भएको थियो। 

कम्पनीको बजार पुँजीकरण १ खर्ब ८९ अर्ब रुपैयाँमा झरेको छ। गत एक साता अगाडि २ खर्ब ५७ रुपैयाँ रहेको थियो।  टेलिकमको चालु आवको दोस्रो त्रैमासमा कुल आम्दानी ८.३६ प्रतिशतले बढेर १९ अर्ब २० करोड ७२ लाख १६ हजार पुगेको छ। गत वर्षको तुलनामा कम्पनीले १ अर्ब ४८ करोड रुपैयाँ बढी आम्दानी गर्न सफल भएको छ। कम्पनीको चुक्ता पुँजी १७ अर्ब ९९ करोड रुपैयाँ रहेको छ। 

कम्पनीले १० वर्षयता ४० प्रतिशतभन्दा कम लाभांश दिएको छैन। सबैभन्दा धेरै आर्थिक वर्ष २०७३/७४ मा ५५ प्रतिशत लाभांश दिएको थियो। कम्पनीले यसवर्ष पहिलो पटक सेयर लाभांश घोषणा गरेको हो।


प्रकाशित : आइतबार, वैशाख ४ २०७९१२:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend